![](https://janapatrika.com/wp-content/uploads/2023/02/20230201_142928-scaled.jpg)
कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्यूरोको प्रथम दुई दिने बैठक महत्त्वपूर्ण तथा दुरगामी निर्णय गर्दै समापन भएको छ ।
पहिलो बैठकले जनता आधारित पार्टी निर्माण गर्ने, पार्टी र जनताको सम्बन्धलाई सुदृढ गर्ने र सामाजिक विकृति र विसङ्गतिको उन्मुलन गर्ने निर्णय गरेको छ । साथै आर्थिक क्षेत्रमा जनतालाई कंगाल र टाट पारिरहेको वित्तिय क्षेत्रका अपराधहरु लघुवित्तको आर्थिक विकृति एवम् अराजकता, मिटर ब्याजी, बैंकहरुको चर्को ब्याजदरका विरुद्ध ब्यूरोका सबै जिल्लाहरुमा सशक्त संघर्ष गर्ने निर्णय गरेको छ ।
बैठकमा ब्यूरो इन्चार्ज सन्जिव सीले राष्ट्रियताका क्षेत्रमा वैदेशिक हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने जस अन्तर्गत अमेरिकी साम्राज्यवादी एमसीसी र एसपीपी विरुद्ध, क्षेत्रिय हिसाबले भारतिय साम्राज्यवादी अतिक्रमणका विरुद्ध संघर्ष गर्ने, जनजीविका सन्दर्भमा भ्रष्टाचार, महङ्गि, कालोबजारी, चर्को मुल्यवृद्धि र वित्तीय अपराधका विरुद्ध र जनतन्त्रका सन्दर्भमा दलाल पुजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापित गर्ने निर्णय लिएको र सिङ्गो ब्यूरो एकताबद्ध भएर केन्द्रको निर्देशन पालना गर्न र ब्यूरोको अभिभारा पूरा गर्नेमा जोड दिदै उक्त बैठक समापन भएको बताए ।
दोस्रो दिनको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष सी विषमको पनि महत्त्वपूर्ण उपस्थिति रहेको थियो ।
२०७९ माघ १९ गते अर्थात भोलि नै पश्चिम लुम्बिनी ब्यूरोका सबै जिल्लाका जिल्ला सदस्य स्तरीय एक दिने प्रशिक्षण कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय महासचिव विप्लव सीको प्रमुख उपस्थिति आयोजना हुने निर्णय पनि उक्त बैठक लिएको बताइएको छ ।