१६ चैत्र २०८०, शुक्रबार

नेकपा पश्चिम ताम्सालिङ ब्यूरोकाे प्रथम पूर्ण बैठक सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टी पश्चिम ताम्सालिङ ब्यूरोकाे प्रथम पूर्ण बैठक आज सम्पन्न भएको छ ।

बैठक नेकपाका पोलिट ब्युरो सदस्य तथा पश्चिम ताम्सलिङ ब्युरो इन्चार्ज आजाद सीको अध्यक्षतामा र नेकपाको वरिष्ठ पोलिट ब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इन्चार्ज माइला सीको प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज गोपाल सी, नुवाकोटका सेक्रेटरी बसन्त सी, धादिङका सेक्रेटरी सिर्जन सी, रसुवाका सेक्रेटरी प्रमोद सीको उपस्थितिमा महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले आगामी माघ २१ गते ब्यूरो स्तरीय वैचारिक राजनीतिक प्रशिक्षण गर्ने निर्णय गरेको छ । साथै आगामी ६ महिनाको योजनाभित्र जिल्ला गाउँ नगर र सेलसम्म संगठन सुदृढ र विस्तृत गर्ने, आर्थिक उत्पादनको योजना बनाइ सिङ्गो पार्टी पङ्ती आत्मनिर्भर अर्थतन्त्रको लागि अगाडि बढ्ने, राष्ट्रघाती MCC को भण्डाफोर गर्ने, मिटरब्याज, लघुबित्त, चर्कोब्याज, सुदखोर, महङ्गी, भ्रष्टाचार विरुद्ध संघर्ष गर्ने, जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्ने, आगामी चैत्र ५ को स्व.वि.यु. निर्वाचनका लागि आङ्गिक क्याम्पसहरुमा अभियान चलाउने, शहिद परिवारलाई भेटघाट र अभिनन्दनसहित रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।