१७ बैशाख २०८१, सोमबार

पुजीवादले प्रत्येक दिन आफुलाई नविकरण गरेर बाचिरहेको छ: विषम

0

बाग्लुङ: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य बिषम सी ले नेपालमा अब बहुराष्ट्रिय कम्पनीको उत्पादन मात्रै हाबी हुँदै गएको र आफ्नो उत्पादन समाप्त हुदै गएको टिप्पणी गरेका छन् ।

नेकपा धौलागिरी ब्युरोद्वारा आज बागलुङ बजारमा आयोजित राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता बिषमले यस्तो टिप्पणी गरेका हुन् ।

“हाम्रो आफ्नो उत्पादनमा आधारित क्रान्तिमा जोड दिने र आगामी राजनीतिक यात्रा उपलब्धिमुलक बनाउने उल्लेख गर्दै विषमले थपे ‘हाम्रो देशमा बहुराष्ट्रिय कम्पनीहरुको बजार मात्रै छ । यहाँ हाम्रो आफ्नो उत्पादन नै छैन । प्रत्येक जिल्लामा कृषि र उद्योगलाई विस्तार गर्ने नीतिसहित वैज्ञानिक समाजवादी उत्पादनको अभ्यास गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेता सन्तोषले भने,– ‘जनताले पुरानो दलाल पुजीवादी सत्ताको खारेजी चाहेका छन् र यो सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी राज्यसत्ता चाहेका छन् । त्यसैले जनताले यो सत्ताको संसदीय चुनाव पनि अस्विकार गरेका हुन् उनले भने,-” संसदीय व्यवस्था पुर्णरुपले फेल भएको छ । जनता यो व्यवस्थाबाट आजित भएका छन् र जनताले आफ्नो भाग्य र भविस्यको फैसला आफै गर्न पाउने वैज्ञानिक समाजवाद चाहेको अब स्पष्ट भएको छ ।’

एक अर्को प्रसंगमा प्रशिक्षण दिदै नेता सन्तोषले पुजीवादले प्रत्येक दिन आफुलाई नविकरण गरेर बाचिरहेको समेत जिकिर गरेका छन् । कम्युनिस्टहरुले पनि अब आफुलाई नविकरण गर्नुपर्ने बेला आएको भन्दै नेता विषमले नेपालमा क्रान्तिका लागि वस्तुगत अवस्था हिजोभन्दा झन् अनुकुल रहेको छ, अब जनआधारित पार्टी र जनआधारित/जनअनुमोदित नेता-कार्यकर्ता बनाउने पार्टीको योजना हो । हामी क्रान्ति नायक हुनेछौं । एकीकृत जनक्रान्ति बिजयी भइछाड्ने छ ।’

बिहीबार भएको प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा बागलुङ , म्यादी ,मुस्ताङको पूर्व इन्चार्ज राजन सीलाई बिदाइ र नवनियुक्त इन्चार्ज केन्द्रिय सदस्य विकिरणलाई स्वागत समेत गरिएको थियो भने कार्यक्रममा नेकपाको केन्द्रिय सदस्यहरु राजन सि , विकिरण सि, बागलुङको इन्चार्ज आकाश सि ,म्याग्दीका इन्चार्ज उषा सि ,मुस्ताङको इन्चार्ज सुशिला सि , बागलुङ सेक्रेटरी क्रान्ति सि को समेत सहभागिता रहेको जानकारी श्रोतले दिएको छ।

कार्यक्रममा पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको प्रतिवेदन र केन्द्रिय समितिको सर्कुलर वाचन गरिएको थियो ।

नेकपा केन्द्रीय समिती सदस्य तथा बाग्लुङको इन्चार्ज आकाश सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा धौलागिरी इन्चार्ज विकिरण सीले गरेका गरेका थिएभने प्रशिक्षण कार्यक्रमको संचालन नेकपा केन्द्रिय समिती सदस्य तथा मुस्ताङ इन्चार्ज सुसिला सीले गरेकि थिइन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।