१३ बैशाख २०८१, बिहीबार

नेकपा मध्य कर्णाली ब्युरोले ६ महिने अभियान सञ्चालन गर्ने

0

दैलेख: नेपाल कम्युनिस्ट पार्टी मध्य कर्णाली ब्युरोले सुर्खेत, दैलेख र कालिकोटमा ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
ब्युरोको शुक्रबार सम्पन्न प्रथम बैठकले पार्टी केन्द्रिय समितिद्वारा आवधिक योजनाका लागि तय गरिएका लक्ष्यहरुलाई पूरा गर्ने उदेश्यले अभियानको सञ्चालन गर्ने निर्णय गरिएको हो ।

दैलेख जिल्लाको आठबिस नगरपालिकाको सातलामा भएको मध्य कर्णाली ब्युरोको बैठकले” पार्टी केन्द्रद्वारा तय गरिएका राजनीतिक र सङ्गठनात्मक लक्ष्य हासिल गर्न र पार्टीलाई जनआधारित बनाउदै सुदृढ गर्न तीन ओटा जिल्लामा अलग अलग अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ” ब्युरो इन्चार्ज विवेक सीले भने,- अभियानको क्रममा महङ्गी, भ्रष्टाचार , मिटर ब्याजी र चर्को ब्याजदर विरुद्ध ठोस संघर्ष पनि चलाउने छौँ।”

दुई दिनसम्म चलेको ब्युरो बैठकले आगामी फाल्गुन १ गते जनयुद्ध दिवस मनाउने, शहिद सप्ताहका अवसरमा विशेष कार्यक्रम गर्ने र जिल्ला स्तरमा जवस मोर्चालाई सुदृढ गर्ने निर्णय समेत लिएको छ ।

ब्युरो इन्चार्ज विवेक सीको अध्यक्षतामा बसेको बैठकमा नेकपा केन्द्रिय सदस्य बिराट सीको प्रमुख आतिथ्यता रहेको थियो भने बैठकमा केन्द्रिय सदस्यहरु बलवान सी, रणदीप सी , विवेक सी र अविचल सी सहितका नेताहरुको सहभागिता रहेको जानकारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।