८ बैशाख २०८१, शनिबार

नेकपा मेची ब्युरोद्वारा ९ बुँदे घोषणापत्र जारी, विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक 

0

झापा: नेपाल कम्युनिस्ट पार्टी, मेची व्युरोले विभिन्न संघर्षका कार्यक्रमको घोषणा गरेको छ। पार्टीको मेची व्युरोले आज विर्तामोडमा पत्रकार सम्मेलन गर्दै देशको वर्तमान अवस्था , जनताको समस्या र पार्टीले आगामी दिनमा जनताको माझ रहेर गरिने संघर्षका कार्यक्रमहरु नेकपाले घोषणा गरेको छ।

नेपालमा सत्तारुढ दल दलाल पुंजिवादी व्यवस्था र जनताको चाहना र आवश्यकताको विपरीत रहेको बताउँदै पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले अहिलेको सत्ता विश्व साम्राज्यवाद, भारतीय साम्राज्यवाद तथा निगम पुंजिवादको आड भरोसा र आशिर्वादमा टिकिरहेको बताएका छन्, ।

देशको बस्तुगत आवश्यकता र जनचाहनाको बिपक्षमा रहेको कारण यो ब्यवस्थाको असफलता अनिवार्य रहेको बताउँदै  दलाल पुंजिवादी ब्यवस्थाको संकटलाई पुराना पार्टी र नेताहरुको असफलता बताएर पुरानै सारतत्व बोकेका तर नंया दल र नेतालाई बुख्यांचाको रुपमा उभ्याएर जनतालाई भ्रमित गर्ने षड्यन्त्रमा कुलिन बर्ग र बिदेशी शक्ती केन्द्रहरु लागिरहेका उक्त पार्टीका स्थायी कमिटी सदस्य अनिल विरहीले बताए । देशको वर्तमान संकट यथार्थमा सत्ता वा प्रणालीको नै संकट रहेको बताउँदै अहिले  सिस्टमको समस्या हो कि सोसाइटीको ? यो नै आजको मूल बहसको बिषय रहेको समेत उनले बताए  । 

सत्ता संकटलाई टार्न दलाल पुंजिवादले नंया पुंजिवादी दल र पात्रहरुलाई अगाडि ल्याउने, कम्युनिस्ट जनमत बदनाम गरेर गैर कम्युनिस्ट जनमत बढाउने, पुराना गठबन्धन भत्काएर नंया गठबन्धन निर्माण गर्ने , पुराना दलालको स्थानमा नंया दलालहरुलाई उभ्याउने र जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गरेर क्रान्तिलाई भांड्ने सड्यन्त्र गरिरहेको नेकपाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै ब्युरो इन्चार्ज सुमनसिंह सीले विश्व पुंजिवाद भयानक आर्थिक र बैचारिक संकटतिर धकेलिएको र त्यसले नेपाललाई क्रिडा स्थल बनाउन खोजिरहेको बताएका छन्,। एमसिसी त्यसको पछील्लो हर्कत रहेको र देशको राजनीतिक संकटले आर्थिक संकट, सार्वभौमिक सुरक्षा र अखण्डतामा नै संकट पैदा गरेको उनको आरोप छ । दलाल पुंजिवादी ब्यवस्थाबाट त्यसको निकास सम्भव नरहेको र संसदिय ब्यवस्थाप्रती आस्थावान बुद्धिजिवीहरुले नै वर्तमान राजनीतिक प्रणाली असफल भएको  कुरा बोल्न थालेको , दलहरुमा निकृस्ट स्वार्थ लम्पट प्रवृती, बैचारिक पतन, नैतीक स्खलन उत्कर्षमा पुग्नुले  पार्टिको राजनीतिक बिश्लेसणलाई सही सावित गरिदिएको नेकपाले बताएको छ । 

उक्त पार्टीको मेची ब्युरोको प्रथम बैठकले झापा सहित मेचि क्षेत्रमा राजनितीक, सांगठानिक, आर्थिक, सघर्षं, सांस्कृतिक, भारतिय सिमा क्षेत्रमा भैरहेका अतिक्रमणका बिषय लगायत राष्ट्रीय स्वाधिनता र जनसरोकारका थुप्रै बिषयमा छलफल गर्नुका साथै महत्वपुर्ण निर्णय लिएको बताएको छ । यस क्षेत्रमा सल्बलाईरहेका जनतालाई भ्रमित गर्ने तत्वहरुको सड्यन्त्रमा नपरि दलालहरुको नेत्रित्वमा रहेको सत्तालाई जरैबाट मिल्काएर बैज्ञानिक समाजवादी सत्ता निर्माणको प्रकृयामा सामेल हुनलाई जनसंघर्षको बाटोमा आउन अपिल गर्दै निर्णीत विभिन्न  बिषयहरु सार्वजानिक गरेको छ।

नेकपाले जारी गरेको आगामी कार्यक्रम 

 १. मिटर ब्याजी, लघु बित्तको चक्रबृती ब्याज , चर्को बैंक ब्याज र बैंकले जनता माथि थोपरेको आतंकको बिरुद्ध संघर्ष गर्दै जनतालाई न्याय दिने । बैंक तथा बित्तिय क्षेत्रहरुलाई एक ‘१’ अंकमा व्याज घटाउन लगाउनको निम्ति कडा संघर्ष गर्ने ।

२. भारतिय पक्षले झापा, ईलाम, पांचथर क्षेत्रमा सिमा अतिक्रमण गरिरहेको स्थिीति छ, यसको छानमिन गर्दै जनताहरु सहित राष्ट्रिय स्वाधिनताको संघर्ष संचालन गर्ने ।

३. लागु औषध कारोबार र तस्करीको कारण समाज आक्रान्त बन्न पुगेको छ, यसको सुक्ष्मरुपमा अध्यन गर्दै यसलाई नियमन गर्न जन सहभागिता सहित कडा कदम चालिने छ ।

४. सामाजिक बिभेद, महिला हिंसा, लगायत समाजमा घटिरहेका यस प्रकारका बिभेदकारी अत्यचार बिरुद्ध जनताहरुलाई जागरित गर्दै कडा संघर्ष गर्ने ।

५. स्वास्थ्य र शिक्षामा भैरहेको माफियाकरणले जनताको जिवन अत्यन्तै कष्टकर बनिरहेको छ । हाम्रो पार्टी स्वास्थ्य र शिक्षाको क्षेत्रमा देखिएका यस्ता समस्याहरु बिरुद्ध सशक्त  प्रकारले लड्ने छ ।

६. स्थानिय निकाय र प्रशासनीक क्षेत्रमा भैरहेको भ्रस्टाचार, अनियमितता बिरुद्ध जनपरिचालन सहित सशक्त  संघर्ष गर्ने ।

७. महङ्गी, कालोबजारीको कारण जनतालाई पर्न गएको संकट प्रति हाम्रो पार्टी शंवेदनसिल छ । जनता सहितको संघर्षको बलमा बेलगाम लुटलाई ठेगान लगाईने छ । 

८. सुकुमबासी माथी भैरहेका अत्याचार लगायतका बिरुद्ध संघर्ष गर्ने । सुकुमबासी माथि अत्याचार गर्नेहरु बिरुद्ध जन परिचालन सहित कारवाहि संचालन गर्ने ।

९. किसानहरुमाथि राज्य द्वारा भैरहको ज्यादति र  बेवास्ता बिरुद्ध किसान आन्दोलनलाई अगाडि बढाउने । भारतबाट निर्वाधरुपमा क्वारेन्टाईन चेक नगरि नेपालमा भित्रीरहेका फलफुल ,तरकारी, खाध पदार्थ, माछामासु लगायतका उपभोग्य सामाग्रिहरुको कारण नेपाली जनताको स्वास्थ्यमा गम्भिर संकटहरु आईरहेका छन् , यस बिरुद्ध हाम्रो पार्टीले सशक्त  संघर्ष गर्ने छ । 

यी तमाम संघर्षहरुमा ब्यापक जनपरिचालन गर्ने, जनताको बिद्रोह र प्रतीरोधको नेत्रित्व पार्टीले गर्ने निर्णय गरेको र यो अभियानमा सहयोग, समर्थन र सहभागीताको लागि आम जनतामाझ नेकपाले अपिल गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।