११ बैशाख २०८१, मंगलवार

क्रान्तिकारी विद्यार्थीहरु विवेकी र देशका लागि लड्न सक्ने साहसी हुनुपर्छ: विप्लव

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल क्रान्तिकारीसंग आवद्ध नेताकार्यकर्ताहरु समाज, देश र आन्दोलनका सवालहरुमा इमानदार, विवेकी र अरु संगठनका नेताहरू भन्दा फरक हुनुपर्ने तर आइपर्दा अन्याय, अत्याचार र दमन थोपरिन्छ भने प्रतिरोध गर्नसक्ने र देशका लागि लड्न सक्ने साहसी हुनुपर्ने धारणा राखेका छन् । अखिल (क्रान्तिकारी) केन्द्रिय समितिद्वारा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा आयोजित स्ववियु निर्वाचन विशेष केन्द्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको शिक्षा क्षेत्रको स्थिति र निजीकरण र व्यापारीकरणतर्फ संकेत गर्दै महासचिव विप्लवले भने,”शिक्षामा निजीकरण र ब्यापारीकरण हुदै जानु भनेको नेपाली समाज सामन्तवादबाट दलाल पुजीवादतिर संक्रमण भैरहेको छ भन्ने कुराको संकेत हो । शिक्षामा निजीकरणले प्रयोगात्मक शिक्षा क्रान्ति नै ल्याएको जस्तो देखिन्छ तर यसको सारतत्वमा प्रतिक्रान्ति र दलाल पुजिवादको हमलाको रुपमा यो आएको छ । यसले पढ्नेलाई पनि सुख छैन, पढाउनेलाई पनि सुख दिएको छैन। अखिल (क्रान्तिकारी) शिक्षामा निजीकरण र ब्यापारीकरणको विरुद्ध एकपटक लड्नुपर्छ।”

उनले थपे, -” शिक्षित युवाहरुलाई रेमिटेन्सको लागि राज्यले विदेश पठाउने भनेको समाजमा प्रतिक्रान्ति हुन दिनु हो।दशोषण , दमन र अत्याचार विरुद्ध विद्रोह गर्ने युवा शक्तिलाई पलायन गराउने कुरा हो। यसरी दलाल पुजिवादले युवाहरूलाई नेतृत्व , सचेतता र सामाजिक पहलकदमीबाट अलग्याउने षड्यन्त्र गरेको छ।”

मङ्गलबार आयोजित कार्यक्रममा देशमा विद्यमान संकटको अर्थराजनीतिक कारण र कम्युनिस्ट आन्दोलनको ध्रुवीकरणको स्थितिबारे प्रचण्ड -ओलि तर्फ इङ्गित गर्दै महासचिव विप्लवले भने,-“आजको देशको संकट कसका कारणले आएको हो? के नेपालको आर्थिक ,लसामाजिक र राजनीतिक संकट नौलो जनवाद , माओवादी जनयुद्ध वा वैज्ञानिक समाजवादका कारण उत्पन्न भएको हो? त्यो कदापि होइन। यो संकट दलाल पुजिवादी सत्ताका कारणले आएको हो। त्यसैले प्रचण्ड ओली लगाएतका नेताहरूसङ्ग यसप्रकारको संकट र राजनीतिक निकास दिने गरि कम्युनिस्ट आन्दोलनलाई ध्रुवीकरण गरौँ भनेका छौँ । यसबारे उहाँहरु कसरी सोच्नु हुन्छ त्यो उहाँहरुको बिषय हो।”

महासचिव विप्लवले हालै सम्पन्न भएको नेकपाको नवौं महाधिवेशनले मार्क्सवाद -लेनिनवाद र माओवादका सैद्धान्तिक मान्यताहरुमा नयाँ र उच्च संश्लेषण गरेको दाबी गर्दैभने, -“हामीले कम्युनिस्ट आन्दोलनका असफलता र प्रतिक्रान्तिको बृहत अनुसन्धान गर्दै सिद्धांत र दर्शनमा अनिश्चय, रक्षा र रुपान्तरणको नियम संश्लेसण गरेका छौँ”- उनले थपे।

“यसो गर्नुको मुख्य कारण बिगतमा साेभियतसंघ र चिनमा किन प्रतिक्रान्ति हुन पुग्यो भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा यस्तो संश्लेषण गरेका हौँ।हिजोका समाजवादमा किन ख्रुश्चेव जन्मियो, देङ जन्मिए , गोर्वाचोभहरु जन्मिए? नेपालमा पनि कञ्चन- सुदर्शनहरु एकाएक गालि गर्ने ठाँउमा कसरी परिणत भए।यो भनेको भौतिकवादी द्वन्दवादमा अनिश्चयताको नियमले काम गर्यो भन्ने हो।”

“यो सङ्गै नवौं महाधिवेशनबाट हामीले एकिकृत आर्थिक प्रणाली , सी जातिहरुको निर्माण , नयाँ निर्वाचन प्रणाली र संगठनको क्षेत्रमा तथ्यद्वारा सत्यको अन्वेषण गर्ने पद्धति लगाएतका कम्युनिस्ट आन्दोलनका गहन र आधारभुत बिषयमा नयाँ निष्कर्ष निकालेका छौँ। निश्चय नै यी सवालमा नेपालका विश्वविद्यालयदेखि अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनमा नयाँ बहस सिर्जना हुनेछ।”

प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा जवस मोर्चा फ्रयाक्सन इन्चार्ज शिलुले -सत्ताको वर्ग चरीत्र अनुसारको शिक्षा प्रणाली नै आजको एक समस्या भएकोले मानिसहरू जति शिक्षित हुदै गयो, त्यति नै शैक्षिक बेरोजगारीको समस्या देखियो ।यो भनेको हाम्रो समाज , राज्य र ब्यवस्थाको आवश्यकता एकातिर र शिक्षा प्रणाली अर्कोतिर हुनुको कारण पैदा भएको अन्तरविरोध हो।यसको यथोचित समाधान दलाल राज्यव्यवस्थाको अन्त्य र बैज्ञानिक समाजवादको स्थापनाबाट हुनसक्ने बताइन् ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी को अध्यक्षतामा भएको प्रशिक्षणमा नेकपा पोलिट ब्युरो सदस्य तथा अखिल (क्रान्तिकारी)का पुर्व फ्र्याक्सन इन्चार्ज मिलान सी लाई सम्मान पत्र सहित बिदाई गरिएको थियो भने नयाँ फ्रयाक्सन इन्चार्ज शिलु सी लाई स्वागत गरिएको जानकारी दिइएको छ।

कार्यक्रममा आशन्न स्ववियु निर्वाचनका लागि संगठनका समस्या, सम्भावना र ध्यान दिनुपर्ने बिषयमा संगठनका प्रदेश इन्चार्जहरु- लुम्बिनी इन्चार्ज विज्ञान , सेतीमहाकाली इन्चार्ज बबर जङ्ग, कर्णाली इन्चार्ज धनजीत , मधेस प्रदेश इन्चार्ज हरि पुन, प्रदेश नम्बर १ इन्चार्ज विकास राई, काठमाडौँ क्याम्पस जिल्ला इन्चार्ज प्रकाश सी, बाग्मती पूर्वबाट नताशा , गण्डकी इन्चार्ज प्रकाश, त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल, बाग्मती पश्चिम इन्चार्ज विवेक ,उपत्यका बिशेश क्षेत्र इन्चार्ज अटलले कार्यक्षेत्रको मौखिक रिपोर्ट पेश गरेका थिए भने मङ्सिर ४ गतेको संसदिय चुनावको क्रममा घाइते हुनु भएका विद्यार्थी नेता डिल्ली सी लाई प्रमाणपत्र र दोसल्लासहित सम्मान र अभिनन्दन गरिएको थियो।

अखिल (क्रान्तिकारी) का महासचिव ललित सी ले सञ्चालन गरेको केन्द्रिय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष नरेन्द्र सी ले मन्तव्यद्वारा अतिथि र सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रममा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला समितीको मुखपत्र विगुलको समेत महासचिव विप्लवद्वारा विमोचन गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।