८ बैशाख २०८१, शनिबार

नेकपा केन्द्रिय आर्थिक विभागको बैठक सम्पन्न

0

काठमाडौ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय आर्थिक विभागको बैठक मंगलबार सम्पन्न भएको छ। केहि समयअघि कपिलवस्तुमा सम्पन्न नवौं महाधिवेशन र केन्द्रिय समितिको तेस्रो बैठकपछि पार्टीको केन्द्रिय आर्थिक विभाग प्रमुख प्रकाण्ड सी को अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

काठमाडौँको बुद्दनगर स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भएको बैठकले कम्युनिस्ट पार्टी सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने साधन र श्रोतहरुलाई सहि ढङ्गले परिचालन गर्नेबारे आवश्यक निर्णय लिएको बताइएको छ।

बैठकमा केन्द्रिय आर्थिक विभागका सदस्यहरुले विभागसङ्ग सम्बन्धित कामहरुका बारेमा मौखिक रिपोर्ट पेश गरेका थिए भने नेकपा प्रवक्ता तथा केन्द्रिय आर्थिक विभाग प्रमुख प्रकाण्ड सी ले आर्थिक विभागले गर्नुपर्ने कार्यभार र कम्युनिस्ट पार्टीको आर्थिक दृष्टिकोणवारे प्रशिक्षणसहित बैठकको दिशानिर्देश गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।