१३ बैशाख २०८१, बिहीबार

सिरिया र टर्कीमा भुकम्पका कारण मर्नेहरुको संख्या २२ हजार

0

एजेन्सी/टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि हालसम्म मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । 

अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित तीव्रता दिन नसकेको स्वीकार गरेका छन् ।
उता सिरियामा भूकम्पपीडितका लागि गएको राष्ट्रसंघीय राहत टर्कीको क्रसिङ प्वाइन्टमा पुगेको छ ।

तर राहत सामग्री ढिलो आउनुको कारणले राहतकर्मीमा निराशा छ । सिरियाको नागरिक रक्षा संगठन ह्वाइट हेल्मेट्सले सिरियाको अवस्था ‘धेरै विनाशकारी’ भएको बताएको छ।

दुबै देशका उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेका छन्। तर, अहिले यसमा बाँच्ने आशा घट्दै गएको बीबीसीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।