१४ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपाल केन्द्रिय समितिको पाँचौ बैठक आजबाट प्रारम्भ

0

२८ माघ,काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपाल केन्द्रिय समितिको पाचौं पुर्ण बैठक आजबाट शुरु भएको छ।नेकपाको हालै सम्पन्न केन्द्रिय समितिको तेस्रो बैठकले तय गरेको ६ महिने आवधिक योजनाका लक्ष्यहरुलाई पुरा गर्न, युवा अधिकार र युवा आन्दोलनका मुद्दाहरूमा योजना निर्माण गर्न बैठक हुन लागेको हो।

युवा संगठन नेपालका अध्यक्ष पाटन सी को अध्यक्षतामा आजबाट शुरु भएको केन्द्रिय समिति बैठकको नेकपा स्थायी समिति सदस्य तथा फ्रयाक्सन इन्चार्ज शिलु सीले औपचारिक रुपमा उद्घाटन गरेकि छन भने संगठनका पुर्व इन्चार्ज तथा नेकपा पोलिटव्युरो सदस्य कृति सी लाई संगठनले स- सम्मान बिदाई गरेको केन्द्रिय सचिवालय सदस्य इन्द्र सी ले जानकारी दिएका छन।


शनिबार काठमाडौको कपुरधारामा प्रारम्भ भएको पाँचौ बैठकले रास्ट्रीय स्वाधीनताको रक्षा,महङ्गी, भ्रस्टाचार र मिटर ब्याज लगाएतका समस्याहरु विरुद्ध कार्यक्रम तय गर्ने अनुमान गरिएको छ भने बैंठक आगामी दुई दिनसम्म चल्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।