८ बैशाख २०८१, शनिबार

अश्लिलता र फिरंगी सभ्यता भित्र्याउन महोत्सव नगर्न नेकपा प्युठानको आग्रह

0

माघ २९, प्युठान । आर्थिक मन्दीको समयमा जिल्लाको पुँजी पलायन, विकृति विसंगती, अश्लील्ता र फिरंगी सभ्यता भित्रयाइने महाेत्सव नगर्न नेकपा प्युठानले आग्रह गरेकाे छ ।

जिल्ला सेक्रेटरी परिवर्तन सीले आइतबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै महाेत्सवका नाममा विचौलिया मोटाउने, हिसाव कितावमा सधै आंशिक घाटा वा थोरै बचत देखाउने गरेको भन्दै लुम्विनी प्रदेश स्तरिय कृषि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार मेला नगर्न आग्रह गर्नु भएको हाे ।

जारी बिज्ञाप्तिमा प्युठानका उद्योगी,व्यवसायी, कृषक र आम जिल्ला बासीले अपनत्व लिने अवस्था नहुदा सम्म यस्ता खाले कथित महोत्सव सन्चालन नगर्न मुल आयोजक समिती र प्यूठान उद्योग वाणिज्य संघलाई अनुरोध गरिएको छ ।

बिज्ञाप्तिमा भनिएको छ, हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टीले विगत देखी नै राष्ट्रिय स्वाधिनता, जनजिविका,भ्रष्टाचार विरुद्धको अभियान, विभिन्न खाले सामाजिक विकृती र विसँगतिका विरुद्ध त्यसैगरी दलाल माफियाहरुको जनकार्वाही सहित सम्झौताहिन सँघर्ष गर्दै यो तहसम्म आएको कुरा सबैलाई अवगत नै छ ।

यहि मिति २०७९ फाल्गुन ४ गते देखी १४ गते सम्म “कृ्‌षि,पर्यटन,उद्योग र ब्यापार : राष्ट्र निर्माणको बलियो आधार” भन्ने मुलनारा सहित कथित लुम्विनी प्रदेश स्तरिय कृ्‌षि, पर्यटन, उर्जा तथा औद्योगिक ब्यापार मेला स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ सन्चालन हुन लागेको विषयले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण बताएको छ ।

लुम्विनी,स्वर्गद्वारी जस्ता अद्धितिय ऐतिहासिक र पर्यटकिय सम्पदा सहितको प्राकृतिक विविधताले भरिपुर्ण यस लुम्विनी प्रदेशमा थुप्रै सम्भावनाहरु रहेको कुरामा कुनै दुइमत नै छैन ।

बिज्ञाप्तिमा भएको छ, २०७१ मा सन्चालित मध्यपस्चिम क्षेत्रिय स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सव, २०७४ मा सन्चालित स्वर्गद्वारी प्यूठान तेस्रो महोत्सव र २०७६ मा सन्चालित स्वर्गद्वारी प्यूठान चौथो महोत्सवको अवधिमा पार्टीको केन्द्रिय संघर्ष अनुसार नेपाल बन्द र प्यूठान बन्द सम्मको कार्यक्रमहरु रहँदा पनि महोत्सवलाई अवरोध नहुने गरी नेपाल बन्द र प्यूठान बन्दका कार्यक्रमहरु प्यूठानमा फिर्ता लिई महोत्सव लाई सहयोग गरेको उल्लेख गरेको छ ।

बिज्ञाप्तिकाे अन्तमा भनिएको छ, अन्यथा कठोर संघर्ष गरी महोत्सव प्रभावित पार्न सम्म पार्टी वांध्य हुनेछु । यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मेवार आयोजक स्वयम हुन चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।