१६ चैत्र २०८०, शुक्रबार

नेकपा ललितपुरद्वारा दुई महिने कार्ययोजना पारित

0

कमल बिश्वकर्मा

२९ माघ , काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी ललितपुरको दुई महिने कार्ययोजना पारित गर्दै चौथौ पूर्ण वैठक सम्पन्न भएको छ। आईतवार ललितपुरको हरिसिद्धि स्थित पार्टी कार्यालयमा वसेको वैठकले दुई महिने जनजागरण तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निणर्य गरेको छ।

नेकपा ललितपुर (एल१) का सचिव बिकास सीको अध्यक्षता मा भएको बैठकले आगामी फाल्गुन र चैत्र दुई महिनाको कार्ययोजना पारित गरेको हाे।


उक्त योजना अन्तर्गत जिल्लाकाे ललितपुर महानगर, महालक्ष्मी नगरपालिका र गोदावरी नगपालिकामा बिशेष कार्यक्रम सञ्चालन गरिनेछन्।

यसै क्रममा ललितपुर जिल्लाका पार्टी सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकी कार्यविभाजन गरिएको छ। वैठकमा पार्टीको केन्द्रीय समिति र उपत्यका ब्युरो समितिको सर्कुलर वाचन गरी जानकारी समेत गरिएको थियो।

यस्तै नेकपा ललितपुरको बैठकले निवर्तमान जिल्ला इन्चार्ज हितमान सीलाई बिदाई गरेको छ भने चौथो पुर्ण बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी, ललितपुर जिल्ला इन्चार्ज विपिन सी, गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र सी को उपस्तिथि रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।