७ बैशाख २०८१, शुक्रबार

महासचिव विप्लवद्वारा २८ औं जनयुद्ध दिवसको शुभकामना: कम्युनिस्ट, वामपन्थी र देशभक्तहरु एक हुनुपर्नेमा जोड

0

१ फाल्गुन, काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालले अहिले सामना गरिरहेको आर्थिक, राजनीतिक संकटको उचित निकास दिन देशका सम्पुर्ण वामपन्थी, कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने भन्दै २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामन्तवाद र साम्राज्यवादको उत्पीडनबाट देशलाई मुक्त गरि जनवाद, समाजवाद र साम्यवादको लक्ष्यसहित शुरु गरिएको जनयुद्धको २८ औं वार्षिकोत्सवकाे अवसरमा एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गरेको तर नयाँ जनवाद हुँदै समाजवादमा अगाडि बढ्ने क्रममा भुमण्डलिकृत पुजिवाद, दलाल पुजिवाद र संशोधनवादको षडयन्त्रका कारण आफ्नो त्यो लक्ष्य हासिल हुन नसकेको भन्दै विज्ञप्तीमा भनेका छन्: “जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो, किसान, मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुस्लिम, सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्‍यो र एक स्तरको मुक्ति दिलायो।”

“हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादमा अगाडि बढ्न चाहन्थ्यौँ तर भुमण्डलिकृत पुजीवाद, दलाल पुजिवाद र संशाेधनवादका षडयन्त्रका कारण हाम्रो त्यो लक्ष्य पूरा हुन पाएन ।”

महासचिव विपलवले जनयुद्ध दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा शहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ताहरुप्रति स्मरण, घाइतेहरुप्रति सम्मान र बन्दीहरुको रिहाइको मागसहित शुभकामना दिदै  भनेका छन्: जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व हो । यस सुखद अवसरमा हामी हजारौं-हजार शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै बेपत्ता योद्दाहरुप्रति स्मरण र सम्मान व्यक्त गर्दछौँ । सम्पूर्ण  घाइतेहरूलाई सम्मान र अभिवादन गर्दछौँ।आदरणीय शहिद परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गर्दछौँ । बन्दी कमरेडहरुलाई सम्मान गर्दै यथाशीघ्र मुक्त गर्न माग गर्दछौँ । जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण श्रमिक जनता, नेता कार्यकर्ताका बीचमा शुभकामना व्यक्त गर्न चाहन्छु ।”

यस्तो छ नेकपा महासचिव विप्लवद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ :

यो वर्ष हामी महान् जनयुद्धको २८ औं जनयुद्ध दिवस मनाउँदैछौं । जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व हो । यस सुखद अवसरमा हामी हजारौँहजार सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ साथै वेपत्ता योद्धाहरुप्रति स्मरण र सम्मान व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरुलाई सम्मान र अभिवादन गर्दछौं । सम्पूर्ण आदरणीय सहिद परिवारहरुप्रति भावपूर्ण समवेदना व्यक्त गर्दछौं । बन्दि कमरेडहरुलाई सम्मान गर्दै यथाशिघ्र मुक्त गर्न माग गर्दछौं । जनयुद्ध दिवसको शुभकामना सबै श्रमिक जनता, नेता, कार्यकर्ताका बीचमा आदानप्रदान गर्न चाहन्छ ।
जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो । किसान, मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुश्लिम सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित गर्यो र एक स्तरको मुक्ति दिलायो । हामी नेपालमा नयाँ जनवादी सत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतिर अगाडि बढ्न चाहन्थ्यौं तर भूमण्डलीकृत पूँजीवाद, दलाल पूँजीवाद र संशोधनवादका षड्यन्त्रका कारण हाम्रो त्यो लक्ष्य पुरा हुन पाएन ।
आज देशले भयानक संकटको सामना गर्नु परिरहेको छ । यसको मूल कारण सत्ता जनताको हातमा नपुग्नु अर्थात वैज्ञानिक समाजवाद स्थापना नहुनु नै हो । देशको कंगालीकरण, नवऔपनिवेशिक अवस्था र अराजकताको अग्रगामी निकास पनि दलाल पूँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना मात्र हो । तसर्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरु एक भएर देशलाई परिवर्तनतिर अगाडि बढाउन एकताबद्ध बनौं ।
हामी स्पष्ट पार्न चाहन्छौं नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवादमार्फत देशलाई निकास दिन चाहन्छ । सबै क्रान्तिकारीहरुलाई एकताबद्ध गरेर नेतृत्व दिन चाहन्छ । विचार मिल्नेसँग एकता र मुद्दा मिल्नेसँग सहकार्य गर्दै अगाडि बढ्न चाहन्छ । हाम्रो बलियो अठोट यो छ कि नेपाललाई दलाल पूँजीवादी सत्ता र भूमण्डलीकृत साम्राज्यवादको प्रभूत्व र उत्पीडनबाट मुक्त गराइ छोडिने छ । पूँजीवादीहरुले जति नै षड्यन्त्र गरे पनि विजय जनताको नै हुने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।