६ बैशाख २०८१, बिहीबार

जनयुद्ध दिवसको शुभकामना !

0

एक थान दरबारीयाहरुले

कम्ता सताएका थिए

 कम्ता हेपेका थिए

चुस्नु चुसेका थिए 

जनताको खुन र पसिना

ती सामन्तहरुले

मिच्नु मिचेका थिए

जनताको अस्तित्व 

एक थान विद्रोहीहरुले

धावा बोल्ने आँट गरे

 शासकहरुका विरुद्धमा 

जनयुद्धको विगुल फुकेर 

अघि बढ्ने हिक्मत गरे

निमुखा, गरिब जनताको साथमा

करोडौं श्रमजीवी जनताको मुक्तिको लागि 

त्यसपछि 

दमनका विरुद्धमा बन्दुक उठ्यो

अत्याचारका विरुद्धमा कलम उठ्यो

सत्ता खोस्ने सास गरे

श्री ५ को हातबाट डरपोखले पनि

आफ्नो अधिकारको लागि 

लड्ने चाहा राखे

बृद्ध, महिला, युवाले पनि

थियो शोषण र दमनबाट

मुक्ति पाउने चाहना 

हो त्यही दिनको तमि सबैकन

मस्तै मस्तै शुभकामना 

जनयुद्ध दिवसको हार्दिक शुभकामना !

शाही सेनाको विरुद्धमा

जनताको सेना खडा भयो 

निरङ्कुस सत्ता विरुद्धमा 

जनवादी सत्ता खडा भयो 

दिल बहादुर रम्तेल जन्मायो

ती महान योद्धा जन्मायो

थियो प्रतिक्रियावादी राज्यसत्ता 

ध्वस्त पार्ने जनवादी सत्ता

खडा गर्ने चाहना 

हो त्यही दिनको तमि सबैकन

मस्तै मस्तै शुभकामना 

जनयुद्ध दिवसको हार्दिक शुभकामना !

एकदिन त्यस्तो दिन आयो 

झुपडी उठ्यो, गाउँ उठ्यो 

बस्तिहरु उठे, शहर उठ्यो, लहर जुट्यो

सारा जनता सडकमा आए

गोली चल्यो, मसाल बल्यो

वर्गीय आन्दोलन निरन्तर चल्यो 

त्यो मक्किएको राजसंस्था

सधैँको लागि ढल्यो

निरङ्कुस दरबारियाको नाइके

नाराणहिटीबाट नागार्जुन गयो ।

त्यसपछि 

जनयुद्धको नाइकेले जनता छोडेपनि

पुनः दलाल व्यवस्था रोजेपनि

अझै क्रमशः जनयुद्ध चलिरहेको छ

अझै जनक्रान्ति चलिरहेको छ

अझै सडकमा मसाल बलिरहेएको छ

आऊ न आऊ सबै जना आऊ

दलाल व्यवस्थाका विरुद्धमा 

धावा बोलौँ, नारा लगाऊ

त्यो दिनको सपना पूरा गरौँ

सहिदलाई स्मरण गरौँ

सहिदले देखाएको बाटोमा हिड्यौँ

अघि बढ्यौँ, हिमाल चढ्यौँ

समाजवादको झण्डा बोकौँ

मिल्काई दिउ दलालको सत्ता

हिर्काई दिउ भ्रष्टहरुको टाउकोमा 

नव शासकहरुको टाउकोमा 

अझैपनि जनयुद्ध जारी छ

चुप लाग चिताका लासहरु हो

दरबारिया दासहरु हो

जनयुद्ध चलिरहेको छ

जनक्रान्ति चलिरहेको छ

हामी त्यही बाटोले

देखाएको महान बाटोमा

जनक्रान्तिको सुनौलो दिशामा 

तीव्र रफ्तारमा लम्किरहेका छौँ

चम्किरहेका छौँ

अझैपनि जीवित छ 

जनताको व्यवस्था प्राप्त गर्ने चाहना 

वैज्ञानिक समाजवादी चाहना 

हो त्यही दिनको तमि सबैकन

मस्तै मस्तै शुभकामना 

जनयुद्ध दिवसको हार्दिक शुभकामना !

महान जनयुद्ध -जिन्दावाद 

महान सहिद-लालसलाम

घाइते तथा बेपत्ता योद्धा -जिन्दावाद 

 (१ फागुन २०७९)

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।