१५ चैत्र २०८०, बिहीबार

केन्द्रिय सदस्य बिराटसहित पक्राउ परेका२० कार्यकर्ता रिहाई नगरे प्रतिरोध गर्छौ : नेकपा महाकाली ब्युरो

0

कञ्चनपुर / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज बिराट सहित २० जना कार्यकर्तालाई जनयुद्ध दिवस मनाइ रहेको बेला प्रधानमन्त्रीको भ्रमणको बहानामा पक्राउ गर्नु परिवर्तन नरुचाउने तवहरुको खेल भएको भन्दै नेकपा महाकाली ब्युरोले तत्काल रिहाई नगरे प्रतिरोध गर्न बाध्य हुने बताएको छ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी द्वारा सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै नेकपाले यस्तो बताएको हो।

केन्द्रिय सदस्य बिराटको रिहाईको माग गर्दै ब्युरो इन्चार्ज समर सी द्वारा जारी बक्तव्यमा बनिएको छ:नेपाल सरकारले फाल्गुण १ गतेलाई जनयुद्ध दिवसको मान्यता दिनु सकारात्मक कदम हो।हाम्रो पार्टीले फाल्गुन १ गतेलाई उत्सवको रुपमा मनाउदै आएको छ।

आज २८ औं जनयुद्ध दिवस मनाइरहेको समयमा हाम्रो पार्टीका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज बिराट सी सहित २० जना कार्यकर्तालाई कञ्चनपुर प्रहरीले गिरफ्तार गरेको छ।

 

प्रधानमन्त्रीको भ्रमणको नाममा जनयुद्ध दिवसको कार्यक्रम भाड्ने र गिरफ्तार गर्ने नेपाल प्रहरी कसको निर्देशनमा चलेको छ? यो वामपन्थीहरु विच चलिरहेको बहस भाड्ने, वन्दीहरु रिहा नगर्ने र जनताको वलिदान तथा परिवर्तन नरुचाउने तत्वहरुको खेल हो भन्ने हाम्रो ठम्याइ छ।

हाम्रो पार्टी कमरेड बिराटको तत्काल रिहाईको माग गर्दछ।साथै सरकारलाई उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दछ।अन्यथा निरंकुशता र स्वच्छाचारी कदमको बिरुद प्रतिरोध संघर्ष गर्न बाध्य हुनेछौ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।