१३ बैशाख २०८१, बिहीबार

अखिल क्रान्तिकारी वस्तुवादी योजना लिएर स्ववियु निर्वाचनमा जानेछ: शिलु

0

गणेश एसके

काठमाडौ /अखिल क्रान्तिकारी वस्तुवादी र वैज्ञानिक योजना लिएर स्वबियु निर्वाचनमा जानुपर्ने नेकपा स्थायी समिति सदस्य तथा संगठनकि फ्रयाक्सन इन्चार्ज शिलु सी ले बताइन् । सोमवार काठमाण्डौको पञ्चकन्या क्याम्पसमा संगठनको केन्द्रीय समितिद्वारा आयोजित २८ औँ जनयुद्ध दिवस तथा केन्द्रीय समितिका निर्णय सम्प्रेषण एबम् प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताए कि हुन ।

एकिकृत जनक्रान्तिको आधार निर्माण गर्नका लागि अखिल क्रान्तिकारीले अहिलेको स्वबियु निर्वाचन मार्फत पार्टी र संगठनका विचारहरू विद्यार्थी माझ लैजानु पर्ने नेतृ शिलुले बताइन् । योजनालाई लागू गर्नका लागि संगठन अनिवार्य हुने बताउँदै अखिल क्रान्तिकारीले संगठन सुदृढ गर्नमा जोड दिन समेत उनले निर्देशन गरिन् ।


अहिलेको दलाल पूँजीवाद र सत्ताले जन्माएका माफिया र साम्राज्यवादी शक्तिलाई तह लगाउनु संगठनको मुख्य दायित्व भएको छ शिलु सी ले भनिन । २८ औँ जनयुद्ध दिवसमा सबैलाई शुभकामना दिँदै उनले भनिन , “ हिजोको जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड – बाबुरामहरु आज त्यही दलाल सत्ताको अगुवाइ गर्दै छन् तर हाम्रो पार्टीका नेताहरु विप्लव – प्रकाण्ड लगायत तपाईं हामीले त्यो जनयुद्धका मर्म र मुद्दाहरूलाई आज पनि दृढताका साथ उठाई रहेका छौं र यो दलाल सत्ताका विरुद्ध धावा बोल्दै छौं ।”

आज नेपालको राजनीतिक वृत्तमा कुनै पनि पार्टीले देश र जनताको मुद्दामा काम गरिरहेका छैनन् तर एउटा मात्रै पार्टी नेकपाले राष्ट्रियता ,जनजीविका, जनतन्त्रका विषयमा काम गर्दैछ र यो दलाल सत्ताको अन्त्य गरी वैज्ञानिक समाजवाद ल्याउने दायित्व आफूहरुको रहेको बताउँदै यसमा अग्रगामी परिवर्तनको बाटोमा क्रान्तिकारी युवाहरू लाग्न प्रमुख अथितिका रूपमा सहभागी नेतृ सीलुले अपील समेत गरिन् ।

सबै क्याम्पस तथा कलेजहरूमा जिम्मेवारी पाएका सबै विद्यार्थी नेताहरुले स्वबियु निर्वाचन केन्द्रित रहेर खट्नुपर्ने संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सि ले बताए । विशेष गरी यो स्वबियुमा संगठनलाई नयाँ उचाइमा पुर्याउने र लाखौं विद्यार्थीको माझमा आफ्नो विचारलाई लैजाने उद्देश्यका साथ जानुपर्ने कुरालाई उपाध्यक्ष नरेन्द्रले भने ।

त्यसै गरी उक्त कार्यक्रममा अथितिका रूपमा संगठनका महासचिव ललित सी , सचिव प्रकाश सी, कोषाध्यक्ष प्रतिमा सी ले समेत आफ्नो प्रशिक्षणत्मक मन्तब्य राखेका बताइएको छ । कार्यक्रमको अध्यक्षता उपाध्यक्ष नरेन्द्र सी ले गरेका थिए भने कार्यक्रमको सञ्चालन संगठनका सचिवालय सदस्य डिवि चन्दले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।