१४ बैशाख २०८१, शुक्रबार

सहिदको सपना खेर जान दिन्नौँ : भगत सी

0

धनगढी: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्यूरो इन्चार्ज भगत सीले सहिदको सपना खेर जान नदिने बताएका छन् । सोमबार २८ औँ जनयुद्ध दिवसको अवसरमा कैलालीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश र जनताका लागी जीवन उत्सर्ग गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको सपना साकार पार्ने बाटोमा नेकपा अगाडि बढिरहेको बताए ।

उनले वर्तमान सरकारले सहिदको उपेक्षा गरेको बताउदै एक दिन श्रद्धाञ्जली गरेर मात्र नपुग्ने भएकाले सहिदले देखाएको बाटो हिड्नु पर्ने बताए । नेता भगत सीले सहिदको सपना समाजवादी व्यवस्था भएको बताउदै नेकपाले वैज्ञानिक समावादी व्यवस्थाका लागि लडिरहेको बताए । उनले मीटरब्याज विरुद्धको फागुन ५ को कार्यक्रमलाई प्रभावकारी रुपमा सफल पार्न आग्रह समेत गरे । इन्चार्ज भगत सीले अवस्था भन्दा व्यवस्था फेर्नु पर्ने बताउदै नेपालको राजनीति पश्चिमा देशहरुको हातमा रहेको बताए । जसका कारण नेपालमा सरकार फेरबदल हुने गरेको बताए । हरेक जनताले आफ्नो अधिकारको लागि सडकमा आउनु पर्ने बताउदै उनले दलाल संसदीय पुजीवादी व्यवस्थाकाे विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याए मात्र सहिदहरुको सपना पूरा हुने बताए । जनताले संसदीय व्यवस्था फेर्न चाहेको बताउदै उनले यसका लागी पार्टी नेता र कार्यकर्ताहरुले संगठन निर्माणमा ध्यान दिनुका साथै जनतासंग जोडिदै सहिदका परिवारजनहरुका समस्या समाधान गर्नु पर्ने बताए ।

‘नेपाल कम्युनिष्ट पार्टी श्रमजीविहरुको पार्टी हो त्यसैले यो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु उत्पादनसंग जोडिनु आवश्यक छ । आत्मनिर्भर बन्नु आवश्यक छ,’ नेता भगत सीले भने ।
नेपाल कम्युनिष्ट पार्टीको छुट्टै पहिचान बनाउनुपर्ने बताउदै उनले दलाल संसदिय व्यवस्थालाई खारेज गर्न सम्पूर्ण नेपाली जनता एक ठाउँमा ल्याउनका लागि विचारको बहससंगै एकिकरण र ध्रुबीकरण गर्दै जानुपर्ने बताए । दलाल पुजीवादी व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादको स्थापना, नेपाल कम्युनिस्ट पार्टी, जनताको दु:ख सुखको साथी भन्ने मूल नाराले शहरबजारका पेटी र दिवालहरु रङगाउनु पर्ने बताउदै उनले सहिदले देखाएको बाटोमा पार्टी निरन्तर अगाडि बढिरहेको बताए ।

सरोज सीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डोटी जिल्ला इन्चार्ज विमल सी र कैलाली सचिव विमल विष्टले सम्बोधन गरेका थिए । त्यसैगरी २८ औँ जनयुद्ध दिवसको अवसरमा धनगढीको पार्कमोडमा दिप प्रज्वलन समेत गरिएको छ । त्यसैगरी कैलालीको चौमालामा बाजागाजासहित जनयुद्ध दिवस मनाइएको छ । लम्कीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् भने टीकापुरमा नेकपा एकलैले जनयुद्ध दिवस मनाएको छ । सबै स्थानमा बेलुकी दिप प्रज्वलन समेत गरिएको छ ।

त्यसैगरी अछाम जिल्लामा पनि २८ औँ जनयुद्ध दिवसको मनाइएको छ । अछाम्मा बिरुवा रोप्नुका साथै अस्पतालमा फलफुल बाडेर जनयुद्ध दिवस मनाईएको निरक सीले जानकारी गराए । उनले बेलुका मंगलसेनमा दिपप्रज्वलन गरेको समेत जानकारी गराए ।

त्यसैगरी डोटीमा पनि २८ औँ जनयुद्ध दिवसको मनाइएको छ । जिल्ला अस्पतालमा रहेका ३० जना बिरामीलाई फलफुल वितरण गरेर जनयुद्ध दिवस मनाएको डोटी जिल्ल इन्चार्ज बिमल सीले जानकारी गराए । उनले बेलुकी दिप प्रज्वलन गरेर दिपावली मनाएको समेत जानकारी गराए

त्यसैगरी बाजुरा जिल्लामा पनि २८ औँ जनयुद्ध दिवस मनाइएको छ । बाजुरामा शहरमा नभई गाउँघरमा गएर जनताका बिच मजदुरहरुलाई भेटघाट गरेर जनयुद्ध दिवस मनाइएको र बेलुकी दिप प्रज्वलन गरिएको बाजुरा सचिव प्रविन सी ले जानकारी गराए । उनले पार्टीका केन्द्रिय सदस्य एण्डीज सीले जनताका बिचमा गएर जनयुद्ध र सहिद बिचको बारेमा जानकारी गराएको उनले बताए ।

त्यसैगरी कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा पनि २८ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ भने सबै जिल्लाहरुमा बेलुकी दिप प्रज्वलन गरी दिपावली मनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।