१७ बैशाख २०८१, सोमबार

गण्डकको स्याङ्जा र कास्कीमा:२८ औं जनयुद्ध दिवस

0

ध्रुव गौडेल

२ फाल्गुन ,स्याङ्जा /नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले २८ औं जनयुद्ध दिवसको अवसरमा स्याङ्जाको वालिङ् भुम्रे-डुम्रेभञ्ज्याङ सडक अन्तर्गत आधींखोला पुलमा निर्मित सहिद गेटमा रङ्गरोगन तथा दिप प्रज्वलन गर्दै अविर लगाएर हर्ष उल्लासका साथ जनयुद्ध दिवस मनाएको छ ।

नेकपा स्याङ्जाले सहिद भवन,सहिद गेट र स्मृति भवनहरुलाई थप व्यवस्थित गर्ने,सहिद परिवार भेटघाट तथा सबै दलहरूसंग अन्तरक्रिया र छलफल कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ ।

यस्तै वालिङ १४ हुल्काङमा अव्यवस्थित रुपमा ठेकदारले लापरबाही पुर्ण तरिकाले सहिद गेट भत्काएको, पटकपटक खबरदारी गर्दापनि शहिद गेट बनाउने बिषयमा वेवास्ता गरेको भन्दै उक्त सहिद गेट पुनर्निर्माणमा चासो नदेखाए पार्टीले कदम चाल्ने समेत बताएको छ ।

कार्यक्रममक स्थानीय तहमा दलिय आधारमा हुने गरेका राजनीतिक विभेदका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ भने सिद्धार्थ राजमार्ग बायाँटारी-हेलुसम्मको जिर्ण र अस्तव्यस्त रहेको सडकमा तुरुन्त काम शुरु गराउन सडक डिभिजन कार्यलय पोखरामा दबाब र ध्यानाकर्षण दिने तयारी गरेको नेकपा स्याङ्जाले बताएको छ ।

२८ औं जनयुद्ध दिवसको अवसरमा कास्कीमा जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ठाउँ ठाउँमा जनयुद्ध दिवसका विभिन्न झलकहरु देखीएका छन । उक्त दिवसलाई दिउँसो जनसभा र साझ दिप प्रज्वलन र विद्यार्थीको अतिरीक्त क्रियाकलाप गर्दै मनाईएको थियो । स्थानीय रूपले विप्लवको वस्ती भनेर चिनीने नयाँगाउँ सेती दोभान स्थीतको नमुना बस्तीमा कार्यक्रम को आयोजना गरिएको थियो । उक्त कार्यक्रमम प्रमुख अतिथी नेकपा पश्चीम गण्डक ईन्चार्ज राजन सी अतिथि कास्की इन्चार्ज उभार सी, जिल्ला सल्लाहकार तथा उपस्थीत विभीन्न मोर्चाका जिम्मेवार व्यक्ति हुनुन्थ्यो भने सभाको अध्यक्ष कास्की सेक्रेटरी काजी सी रहनुभएको थियो।

यस दिनलाई राष्ट्रीयकरण गर्दै सर्वजानिक विदा दिएकोमा प्रचण्ड लाई धन्यवाद “दिदै श्रमिक समुदाय मोर्चा नेपालका गण्डक ईन्चार्ज एवम नेकपा कास्की सचीवालय सदस्य कुमार सी ले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । कार्यक्रममा अविर लगाएर मिठाई खुवाएर प्रमुख अतिथि लगाएतका अतिथिहरुले शुभकामना आदन प्रदान गरीएको थिए। स्वागत मन्तब्य नेकपा कास्की सचिवालय सदस्य तथा सोही नमुना बस्तीका स्थानीय परिवर्तन सी ले बस्तिको इतिहास र जनयुद्धको गौरव सहित राख्नु भएको थियो ।”

क्रान्तिको झिल्को कहिल्यै मर्दैन ,पुस्ता फेरीन्छ ,तर परिवर्तनको चाहना अझ तिव्र बन्छ ।” भन्दै केन्द्रिय सदस्य उभारले शुभकामना दिनु भयो भने” १७ हजार भन्दा बढी बलिदानको भुमरी हो ,यो समान्य रूपमा अस्ताउनेवाला छैन, यसले देश का भ्रष्ट लुटाहा सबै लिएर मात्र जान्छ,परिवर्तन भएको हो, हुदैछ र सधै हुनेनै छ” भन्दै राजनले शुभकामना दिनु भयो ।

जिल्ला सेक्रेटरी काजी ले” हिजो प्रचण्डलाई प्रचण्ड बनाउने, बाबुरामलाई बाबुराम बनाउने, जनतालाई आफ्नो बोली आफ्नो अभीमत राख्ने अधिकार दिने, दलितलाई, महिलालाई, सबै श्रमजिवी बर्गले एक तहको उत्थान गराउने यहि जनयुद्ध हो,यो कुरा मान्नुपर्छ तर पुर्ण बिजयी बनाउन अझै बाकी छ ।अबको क्रान्ति समस्यको समाधान होइन, जरावाटको उपचारको लागी अवको क्रान्ति पैसा र कुर्सीको लागी होइन, माना, छाना, र नाना का लागी” भन्दै कार्यक्रमको अन्त्य गर्नुभयो ।

कास्की जिल्ला विद्यार्थी संगठनले विश्व शान्ति कलेजमा सार्वजनिक बिदा भएता पनि सिभिल इन्जिनियरिङ डिप्लोमा तहमा आधिकारीक रूपमा नैं मौनधारण गरी र सामान्य फुटबल खेलेर जन्युद्ध दिवस मनाएका थिए भने, विद्यार्थी संगठन गण्डक ब्युरोद्वारा देशको इतिहास बोकेको पृथ्वी नारायण क्याम्पसको मुल गेटमा दिप प्रज्वलन , पोखराको पृथ्वी चोकमा दिप प्रज्वलन सहितको कोणसभा , बेपत्ता योद्धा ज्योति (सोम बहादुर वि.क) को स्मारीकामा परिवार द्वारा दिप प्रज्वलन कार्यक्रम द्वारा कास्कीमा २८औ जनयुद्ध दिवस भब्य रूपमा मनाइएको थियो।

यसैगरी गण्डकका पर्वत, तनहुँ, लम्जुङ्ग, लगायतका अरु जिल्लाहरुमा पनि टिका ,माला तथा दिप प्रज्वलन गर्दै उल्लासका साथ जनयुद्ध दिवस मनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।