१३ बैशाख २०८१, बिहीबार

नेकपा मकवानपुरद्वारा २८ औं जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदान

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै २८ औं जनयुद्ध दिवस मनाएको छ । साथै नेकपाले सोमबार साँझ सीमाचोकमा दीप प्रज्वलन पनि गरेको छ ।

सोमबार पार्टी कार्यलयको प्राङ्गणमा भएको कार्यक्रममा उपस्थित सबैलाई अबिर लगाई चकलेट वितरण गर्दै एकआपसमा शुभकामना आदानप्रदान गरि जनयुद्ध दिवस मनाएको हो । निरंकुश राजतन्त्र सहित दलाल संसदीय व्यवस्था अन्त्य पश्चात् जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ २०५२ फागुन १ गते जनयुद्ध सुरु भएको थियो । तत्कालीन समयमा नेकपा माओवादीको नेतृत्वमा अगाडि बढेको जनयुद्ध १० वर्षसम्म चल्यो । युद्धको क्रममा हजारौंले रगत बगाए, हजारौं जनताले ज्यान गुमाए, सैयौँ घाइते, अपांग भए, सयौं वेपत्ता भए । अन्ततः जनयुद्धको मुख्य उद्देश्य प्राप्त नहुँदै जनयुद्ध ओझेलमा पर्‍यो । जसको बाँकी कार्यभार विप्लव नेतृत्वको नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिले पूरा गर्ने विश्वास राम सीले दिएका छन् । साथै उनले कार्यक्रमको सम्बोधन गर्दै सम्पूर्ण न्यायप्रेमी, प्रगतिशील, क्रान्तिकारी जनमानसमा २८ औं जनयुद्ध दिवसको शुभकामना दिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टीका वैकल्पिक केन्द्रिय सदस्य तथा डि-1 जिल्ला इन्चार्ज मिङमार सीको विशेष आतिथ्यता, नागरिक सरोकार समिती मकवानपुरका संयोजक केशव गौतम, अखिल (क्रान्तिकारी) नारायणी व्युरो इन्चार्ज विवेक सी, अनेम संघ क्रान्तिकारी नारायणी व्युरो इन्चार्ज सुशीला सी लगायतको आतिथ्यता रहेको छ । पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सचिवालय सदस्य गुण सीले गरेका हुन् । साथै विवेक सीले स्वागत मन्तव्य राखेका थिए ।

साथै साँझमा सीमाचोकमा दीप प्रज्वलन समेत गरेको छ । जिल्ला सेक्रेटरी सुर्य सीले सन्चालन गरेको दीप प्रज्वलन कार्यक्रमको सम्बोधन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य राम सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।