१३ बैशाख २०८१, बिहीबार

जिल्ला अदालत काभ्रेद्वारा नेकपाका१५ कार्यकर्ताविरुद्ध पक्राउपुर्जी जारी

0

काभ्रे / नेपाल कम्युनिस्ट पार्टीका१५ कार्यकर्ता विरुद्ध जिल्ला अदालत काभ्रेपलान्चोकले पक्राउ पुर्जी जारी गरेको छ।सरकारले नेपाल कम्युनिस्ट पार्टी माथी प्रतिबन्ध लगाएको बेला नेकपा सङ्ग राजनीतिक आस्था राखेको आधारमा लगाइएका मुद्दाहरुको निरुपण गर्न भन्दै जिल्ला अदालत काभ्रेपलान्चोकले उनिहरु विरुद्ध तोकिएको म्याद भित्र हाजिरी हुन भनि पुर्जी जारी गरेको हो।

सोमबार जारी गरिएको पक्राउ पुर्जी अनुसार काभ्रेका कान्छा लामा, सुन्दर रायमाझी , भोला प्रसद नेपाल , हुद्द बहादुर वाईवा, शङ्कर प्रसाद नेपाल ,चमार सिंह लामा,कान्छा लामा, डिल्ली प्रसाद दुलाल, सुवाष देउजु,यादव ढुङ्गेल, अनिल रायमाझी ,शरद रसाइली , लेखराज गजमेर, रेशम नेपाली र प्रताप तामाङ्ग (गोले) रहेका छन।

उनिहरुलाई मुलुकी कार्यविधि संहिता २०७४को दफा५८(१३) वमोजिम बाटोको म्याद बाहेक ३५ दिन भित्र जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ।

तत्कालीन ओली सरकारले राजनीतिक आस्थाका आधारमा लगाएका मुदाहरुको खारेजी र वन्दी नेता कार्यकर्ताको रिहाई गर्ने बारे सरकार र र नेपाल कम्युनिस्ट पार्टी विच दुई बर्ष अघि तीन बुदे सहमति भएको भए पनि अझै सहमति बमोजिम कानुनी र राजनीतिक प्रक्रिया पुरा नहुदा यस्तो समस्या आएको हो।

जिल्ला अदालत काभ्रेद्वारा जनयुद्ध दिवस कै दिन नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिनुलाई कसरी लिनु हुन्छ भनि हामीले नेकपा केन्द्रिय सदस्य तथा काभ्रेपलान्चोक जिल्ला इन्चार्ज सबिता सी लाई सोध्दा उनले यसलाई सरकारको सहमति गर्ने तर कार्यान्वयन नगर्ने अनैतिक र गैर जिम्मेवार प्रवृति भएको , तीन बुदे सहमति र शान्ति प्रक्रिया भाड्ने तत्वहरुको खेल भएको भन्दै आफुहरु राजनीतिक र संघर्षद्वारा प्रतिबाद गर्न बाध्य हुने बताइन।

पक्राउ पुर्जीबारे जिल्ला अदालत काभ्रे कि सूचना अधिकारी अप्सरा चापागाईंलाई हाम्रा सम्वादाताले सोधेको प्रश्नमा उनको जवाफ भने यस्तो थियो- “फौजदारी संहिताअनुसार कुनै पनि मुद्दाको रेकर्ड हाम्रो फाइलमा देखिदा कानुन अनुसार हामीले त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ।यो नियमित र पुरानो चलन पनि हो ।हाम्रो पुरानो लगतमा यी मुद्दाहरु देखिएकोले अरु मुद्दाहरु जस्तै यी मुद्दाहरुलाई पनि अगाडि बढाएका हौं ।”
यस्तो छ काभ्रे अदालतद्वारा जारी पक्राउ पुर्जी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।