६ बैशाख २०८१, बिहीबार

नेकपा महासचिव विप्लवद्वारा अमृता सेनको स्मृतिमा वृक्षारोपण

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका कपिलवस्तु जिल्ला समिति सदस्य चित्र सी कि जीवन संगिनि अमृता सेनको निधन भएको तेस्रो दिनको सन्दर्भमा वृक्षरोपण कार्यक्रम गरेका छन।

जिल्लाको शिवराज नगरपालिका वडा न १० तुरुन्तपुर निवासी सेनको माघ २९ गते असामयिक निधन भएकोले उनिप्रति श्रद्धाञ्जली , सम्मान र स्मरण गर्दै महासचिव विप्लवले वृक्षरोपण कार्यक्रममा सहभागीता जनाएका हुन।

नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न केन्द्रिय समितिको तेस्रो बैठकले जन्म , मृत्युु र बिबाह सम्बन्धि कम्युनिस्ट मान्यताको रुपमा नयाँ संस्कार अवलम्बन गर्ने निर्णय गरे अनुसार नेपाल कम्युनिस्ट पार्टीले मृत्युु संस्कारको रुपमा पहिलो दिन दास संस्कार गर्ने, तेस्रो दिन वृक्षरोपण गर्ने र पाँचौ दिन अक्षय कोष निर्माण गर्ने प्रस्ताव पास गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।