१५ चैत्र २०८०, बिहीबार

समाजवादी गणतान्त्रिक मञ्चद्वारा वानेश्वरको ग्लुमोहर कन्सल्टेन्सी माथि कार्बाहि

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी गणतान्त्रिक सम्पर्क मन्च (सम्पर्क साधारण शाखा)ले मजदुरलाई दुःख दिने एक शैक्षिक कन्सल्टेन्सीलाई कारवाही गरेको छ ।

सम्पर्क साधारण शाखा अन्तरगतको न्याय विभागले काठमाडौँ नयाँ बानेश्वरमा रहेको ग्लुमोहर एजुकेशन कन्सल्टेन्सीलाई कारवाही गरेको हो ।

कन्सल्टेन्सीले कार्यालयको सेटअप गर्दा सम्झौता अनुसार गर्नुपर्ने भुक्तानी नगरेको भन्दै न्याय विभागमा उजुरी परेको थियो ।

५ बर्ष अघि गरेको कामको पैसा नदिएको र दिलाइदिन माग गर्दै परमेश्वर जोशीले विभागमा उजुरी गरेका थिए । उनको उजुरीका आधारमा कन्सल्टेन्सीमा पुगेको सम्पर्क मन्चको टोलीले कन्सल्टेन्सीका संचालकलाई नभेटेपछि मञ्चको टोलि आक्रोशित भएको थियो ।

लामो समयदेखि पीडित मजदुरलाई भेट्न नमानेकि कम्पनी संचालक नितु ठाकुर आफ्नो कार्यालयमा समेत आउन नमाने पछि मन्चको टोलीले कार्यालयका सम्पूर्ण सामान उठाएर लिने तयारी गर्यो ।

आइतबार सम्बन्धीत व्यक्तिसँग भेटघाट गर्ने बताएकी उनी आक्रोशित भिडको धम्कीपछि मध्येबानेश्वर स्थित काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयमा भेट्ने अडान लिइन् । मंचले कर्मचारीलाई कार्यालय मै थुनेर ताला लगायपछि उनी प्रहरी कार्यालयमा भेट्न राजी भएकी थिइन् ।

प्रहरीमा उनी विरुद्ध १० देखि १२ वटा उजुरी परेको देखियो । प्रहरीको फरार सूचीमा रहेकि उनी प्रहरी बृत्तमा पुग्दा प्रहरी नै चकित परे ।


ठाकुर प्रहरीको सम्पर्कमा आएपछि उनका बारेमा प्रहरी रेकर्डमा भएका सबै फाइल प्रहरीले खोल्न थाल्यो ।

छलफलमा १ लाख ४५ हजार नगद र १ लाख रुपैयाँको चेक दिन ठाकुर तयार भइन् ।

५ बर्षसम्म भोलि / पर्सी भन्दै कुराएर मजदुरलाई दुःख दिने ठाकुरलाई मन्चले एक घण्टामा सम्पूर्ण रकम फिर्ता गर्न लगाए पछि पीडित जोशीले सहयोग गर्ने पक्षलाई धन्यवाद दिदै खुशी व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।