७ बैशाख २०८१, शुक्रबार

नेकपा धादिङद्वारा २८ औँ जनयुद्ध दिवस भव्यतापूर्वक सम्पन्न

0

काठमाडौं: नेपाल  कम्युनिस्ट पार्टी धादिङले फागुन १ गते २८ औँ जनयुद्ध दिवस बाजागाजा र नारा जुलुससहित भव्यतापूर्वक मनाएको छ ।

जिल्ला पार्टी सदस्य, पार्टी सदस्य, शुभचिन्तक, स्थानीय जनतासहितको सहभागितामा गल्छि गाउँपालिका बैरेनी बजार हुँदै बजार परिक्रमा गरि गल्छि चोकमा कोणसभामा परिणत भएको थियोे । साथै साँझ दिप प्रज्वलन गरि शुभकामना आदनप्रदान साटासाट समेत गरिएको थियो ।
कोणसभालाई धादिङ जिल्ला सेक्रेटरी तथा केन्द्रिय प्रतिनिधि सदस्य सृजन सीले सम्बोधन गर्दै जस्तोसुकै चुनौती आएपनि सामाना गरेर एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवादी व्यवस्था ल्याइ छाडने दृढसंकल्प गरे ।प उनले राष्ट्रघात र जनघातको विरूद्व संघर्ष  गर्ने र जनताको न्यायको पक्षमा निरन्तर लडिरहने प्रतिबद्धता समेत जाहेर गरे ।

कार्यक्रममा डि वान जिल्ला सेक्रेटरी सितल सी को पनि उपस्थिति रहेको थियो भने कार्यक्रमकाे सञ्चालन धादिङ जिल्ला पार्टी सदस्य राजु सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।