१३ बैशाख २०८१, बिहीबार

नेकपा पश्चिम कपिलवस्तुद्वारा अमृता सेनको निधनप्रति शोक व्यक्त

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पश्चिम कपिलवस्तुले माघ २९ गते उपचारमा लैजादै गर्दा निधन हुनु भएकि अमृता सेनको असामयिक निधनप्रति दुख प्रकट गर्दै शोक व्यक्त गरेको छ।नेकपा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी र सेक्रेटरी पावेल सीद्वारा बुधबार एक शोक बक्तव्य जारी गर्दै सेनको निधन प्रति शोक व्यक्त गरिएको हो।

इन्चार्ज हेमन्त र सेक्रेटरी पावेलद्वारा संयुक्त रुपमा जारि शोक वक्तव्यमा भनिएको छ: नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु जिल्ला समिति सदस्य तथा जिल्ला न्याय बिभाग प्रमुख कमरेड चित्र बहादुर सी को जीवन साथि अमृता सेनको उपचारका लागि लिदै गर्दा माघ २९ गते हुन गएको असामयिक निधनको खवरले दुखित बनाएको छ।दुखको यस घडिमा अमृता सेन प्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना समेत प्रकट गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।