८ बैशाख २०८१, शनिबार

नेकपा पाँचथरद्वारा पार्टी आन्दोलनलाई उचाइमा उठाउने विधि तय

0

पाँचथर: नेपाल कम्युनिस्ट पार्टी पाँचथर जिल्लाको चौथो पूर्ण बैठक बुधबार राति सम्पन्न भएको छ ।

पाँचथर जिल्लाको पार्टी आन्दोलन कमजोर बन्नु, जनआधार राम्रो हुँदाहुँदै पनि त्यसलाई क्रान्तिमा जोड्न नसक्नुका पछाडिका कारणहरुको सूक्ष्म अध्ययन र अनुसन्धान गर्न बैठक महत्त्वपूर्ण भएको बताइएकाे छ । बैठकले आगामी समयमा पार्टी आन्दोलनलाई उचाइमा उठाउने विधि तय गरेको छ । साथै संघर्स सम्बन्धि पनि केही निर्णय लिएको छ ।
बैठकमा पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंहको उपस्थिति थियो । सुमनसिंहले पाँचथरको आन्दोलनलाई उचाइमा उठाउन समग्र पाँचथरे जनताको स्थिति, दु:ख, संकट र समस्या थाहा पाउनु पर्यो र त्यो भन्दा पहिला आफ्नै पार्टीको स्थिति थाहा पाउनु पर्यो भन्दै संगठनमा सच्याउनु पर्ने र आगामी दिनमा गर्नु पर्ने विषयलाई सविस्तार राखेका थिए । पाँचथरमा जनताले हामीलाई खोजेको तर हामी पुग्न नसकिरहेको अवस्थालाई चिर्न यो ६ महिने आवाधिक योजना महत्वपूर्ण हुने बताए । उनले यो बैठक पाँचथरको वर्गसंघर्षको इतिहासमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सचिव हुकुम सीले गरेका थिए । पार्टीका प्रतिनिधि समिति सदस्य तथा पांचथरका इन्चार्ज सन्तोस सीले मन्तव्य राखेका थिए ।
बैठकले संघर्षसँग सम्बन्धीत विभिन्न निर्णयहरु गरेको छ ।
लघुबित्त संस्था बैंक मिटरब्याजी विरुद्ध पीडितहरुलाई संगठित गरि सशक्त प्रतिकार गर्ने, सरकारी कार्यालयमा भैरेहेको व्यापक अनियामितता, काम प्रतिको लापरवाही खुलेआम विचौलिया दलालहरुमार्फत हुने भ्रष्टाचार, कमिसन विरुद्ध जनपरिचालन सहित कार्बाही गर्ने,
हाइड्रोपावर कम्पनिहरुले स्थानिय जनतासँग गरेको सहमति र उनीहरुले प्राकृतिक सम्पति प्रयोग गरेबापत स्थानिय जनतालाई गर्नुपर्ने न्युनतम काम नगरि प्राकृतिक सम्पदाको व्यापक दोहन गरेको हुँदा त्यसको विरुद्ध स्थानिय जनतालाई साथमा लिइ सशक्त संघर्ष गर्ने, दलित महिलामाथि भैरहेका हिंसा, दमन विरुद्ध संघर्ष गर्ने, सिमा क्षेत्रमा भारतिय पक्षले गरेको हस्तक्षेप र अतिक्रमण विरुद्ध संघर्ष गर्ने, स्थानिया पालिकामा भैरहेका भ्रष्टचार कमिसन अपारदर्सिता विरुद्ध संघर्ष गर्ने, लागुऔषध कारोबारी तथा दुर्ब्यशनीको पहिचान गरि सचेतना जागरण सहित कार्बाही गर्ने लगायतका निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।