७ बैशाख २०८१, शुक्रबार

राज्यले गरिवहरुको रिण मिनाहा गर्नुपर्छ: चिरञ्जीवी सी

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ डि टु का इन्चार्ज चिरञ्जीवी सीले चर्को ब्याज, बेरोजगारी, र मिटर ब्याजका कारण निरपेक्ष गरिविको रेखामुनि रहेको वर्गले लिएको बैंक तथा बित्तीय संस्थाहरुको रिण राज्यले मिनाहा गर्नुपर्ने बताएका छन।

शुक्रवार पार्टीको देशव्यापी जनप्रदर्शन कार्यक्रम अन्तर्गत काठमाडौको गोङ्गबु चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन।

मन्तव्यको क्रममा नेता चिरञ्जीवी सीले चर्को व्याजदर खारेज गर्नुपर्ने, अबैध मिटर ब्याज बन्द गरिनुपर्ने ,राष्ट्रिय पुजिको रक्षा र बिकास गर्नुपर्ने , दलाल पुँजीलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेको समेत औल्याए।

कोणसभामा उपत्यका व्युरो कार्यालय सचीव अनिलले सञ्चालन गरेको कार्यक्रममा सेक्रेटरी ज्योति लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।