८ बैशाख २०८१, शनिबार

मिटर व्याजी र लघुवित्तका दलालहरुलाई नेकपाले कार्वाही गर्छ : बिराट सी

0

९ फागुन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक विराट सीले मिटर व्याजी र लघुवित्तका दलालहरुलाई नेपाल कम्युनिष्ट पार्टीले कार्वाही गरेर छोड्ने चेतावनी दिनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी राष्कोट नगर कमिटीको पार्टी प्रशिक्षण कार्यक्रमलाई मंगलवार सिपखानामा सम्वोधन गर्दै नेता विराटले यस्तो चेतावनी दिनु भएको हो ।

नेता बिराटले देशभर मिटर व्याजीहरुको शोषण,वैङ्क तथा वित्तिय संस्थाहरुको चर्को व्याज दरले नेपाली जनता अन्यायमा परेको भन्दै जनतालाई अन्यायबाट मुक्त गर्ने जिम्मा नेकपाको काँधमा आएको समेत बताए।

केन्द्रीय सदस्य विराटले दलाल संसदीय व्यवस्थाले नै मिटर व्याजी, वैङ्क तथा वित्तिय संस्थाका मालिकहरुलाई संरक्षण दिइरहेको भन्दै दलाल व्यवस्थाको अन्त्य नगरे सम्म जनताले मुक्ति नपाउने ठोकुवा समेत गरेका छन।

प्रमुख अतिथिको रुपमा वोल्दै नेता विराटले नेपालको वस्तु स्थितिले क्रान्तिको माग गरेको भन्दै सवैखाले शोषण,दमनको अन्त्यका लागि एकीकृत जनक्रान्तिमा लाग्नुको विकल्प नभएको जिकिर गरे।

नेकपा केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युरो ईन्चार्ज एबम कार्यक्रमका अतिथि विवेक सीले दलाल पूँजीवादी व्यवस्थाले नेपालमा क्रान्तिको माग गरेको तर्क गर्दै दलाल संसदीय पूँजीवादी व्यवस्थाले जनविश्वास गुमाईसकेकोले देशको राष्ट्रिय स्वाधीनता ,जनतन्त्र र जनजीविकाका लागि जनताको पार्टी विकल्पको रुपमा नेकपा आएको वताए।

नेता विवेकले पार्टीले अगाडि सारेको कार्यदिशा र कार्यनीति मार्फत देश र जनता संग जोडिएको जनआधारित पार्टी ,जनाधारित संगठन ,जनआधारित नेता निमार्ण गर्दै दलाल विरुद्ध जनअनुमोदीत कार्वाही गर्ने पार्टीको मुल बटम लाईन भएको धाराणा राखेका छन।

नेकपाका अर्का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज, कार्यक्रमका अतिथि बलवान सीले विद्यमान राज्य प्रणाली नबदले देशको मुक्ति, शान्ति,सम्वृद्वि र रोजगारको ग्यारेण्टी नहुने विचार व्यक्त गरेका छन।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरी शाहसी सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य समग्र सी, जिल्ला कमिटी सदस्य सुवास सी, जिल्ला सल्लाहकार सदस्य आईटम सी,अनेमसंघ (क्रान्तिकारी )कालिकोट जिल्ला सचिव हस्ता सी लगायतको आतिथ्यता रहेको थियो ।

रास्कोट नगर सेक्रेटरी गौतम सीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको संचालन अमर सीले गरेका थिए भने यसैविच सोमवार नेकपा कालिकोटले जिल्लाको शान्नित्रिवेणी गाउँपालिकामा समेत पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जिल्ला सेक्रेटरी शाहसी सीले जनाएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।