११ बैशाख २०८१, मंगलवार

पर्यटन क्षेत्रमा हुने गरेको अनियमितता बन्द गर्न नेकपा साेलुखुम्बुकाे माग

0

फागुन ११, साेलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी साेलुखुम्बुले पर्यटन क्षेत्रमा हुने गरेको अनियमितता बन्द गर्न माग गरेको छ।

बुधबार नेकपा साेलुखुम्बु जिल्ला इन्चार्ज ङिमा शेर्पाले प्रेस बिज्ञाप्ती जारी गर्दै विभिन्न ७ बुदे माग राखि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन ।

नेकपाले जारी गरेको बिज्ञाप्तीमा ट्रेकिङ गाईड र पोटरहरुको ज्याला ४०% ले बृद्धि गर्नु पर्ने, अनुमति प्राप्त गाईडहरुबाट राष्ट्रिय निकुन्जले लिइने कर खारेज गर्नु पर्ने र अवैध ठंगले हिमाल कब्जा गर्ने हिमालमा रिसोर्ट बनाउने राजस्व छली गरेर अर्को देशको झण्डा हिमालमा फहराउने कम्पनीलाई कालो सूचीमा राख्नु पर्ने माग गरेको छ ।

यस्तै नेकपाले होटेल व्यबसायीहरुले भौचर लिने सिस्टम बन्द गर्नु पर्ने र सम्बन्धीत गाईडलाई नै पूर्ण बजेट दिनु पर्ने, होटेल व्यवसायीहरुले प्राइभेट चेम्बर राख्न नपाउने र सम्बन्धीत कम्पनीले इन्स्योरेन्स सहित चेम्बर पठाउनु पर्ने, हाई क्याम्पमा रेगुलर टेन्ट राख्न नपाउने र इन्टरनेटकाे सुविधाको नाममा भैरहेको लुटलाई तत्काल बन्द गर्नु पर्ने विषेश माग गरेको छ ।

नेकपाले जारी गरेको बिज्ञाप्ती मार्फत पर्यटन श्रमिकको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै समस्याको समाधान नगरिए परिणाम गभिर हुने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।