१६ बैशाख २०८१, आईतवार

अखिल (क्रान्तिकारी) द्वारा चौमला क्याम्पसमा सरसफाई तथा विद्यार्थीसँग भेटघाट

0

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले कैलालीको चौमाला बहुमुखी क्याम्पसमा सरसफाई तथा विद्यार्थीसँग भेटघाट गरेको छ ।

बिहीबार क्याम्पसको इकाई समितिले नेकपा केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज प्रकाश सि र विद्यार्थी संगठनका नेताहरुको उपस्थितिमा क्याम्पस परिसरमा सरसफाई गरेको हो ।

ज्ञानको ज्योति बाड्ने विद्यालय, क्याम्पसहरुलाई स्वच्छ एवम् सफा राख्ने उद्देश्यका साथ आम विद्यार्थीमा एउटा सकारात्मक सन्देश गरी संगठनले क्याम्पस सरसफाई तथा विद्यार्थीहरूसँग भेटघाट गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा सेती ब्युरो इन्चार्ज बबर जंग सि ले बताएका छन् ।

यसैक्रममा क्याम्पसमा रहेका विभिन्न समस्या तथा समाधानका विषयमा शिक्षक र विद्यार्थीहरूसंग छलफल समेत भएको छ , ब्युरो इन्चार्ज बबर सि ले भने ।

उक्त सरसफाई कार्यक्रममा पार्टी ,संगठनका नेताहरु तथा क्याम्पसका विद्यार्थीहरूको पनि सहभागिता रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।