८ बैशाख २०८१, शनिबार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले वैदेशिक कृषि उत्पादनमाथि रोक लगाउने

0

कपिलवस्तु / कृषिप्रधान देश मानिएको नेपालमा बिदेशी कृषि उत्पादनको निर्बाध आयातका कारण स्वदेशी कृषिजन्य बस्तु तथा सेवाहरु विस्थापित भएको, क्वारेन्टाइन नगरि भारत लगायतका देशबाट भित्रिने तरकारीले मानव स्वास्थमा प्रतिकुल र हानिकारक असर पर्न गएको तथा स्वदेशी कृषि उत्पादनलाई प्रबर्द्धन गर्न र रास्ट्रीय अर्थतन्त्र बिकासका लागि
अखिल नेपाल किसान महासंघले आयातीत कृषिबस्तु माथि रोक लगाउन संघर्ष गर्ने जनाएको छ।

कपिलवस्तु स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय शिवगढीमा सम्पन्न महासंघको दोस्रो पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।

नेपाललाई कृषिप्रधान देश मानिदै आएको र नेपाल विश्व व्यापार संगठनको सदस्य भैसके पछि देशको कृषि बस्तुले अन्तरास्ट्रिय बजारमा पहुँच स्थापित गर्ने अपेक्षा गरिएको भएपनि अझै पनि जनसंख्याको दुई तिहाइ श्रमशक्ति परम्परागत र निर्वाह मुखि कृषि उत्पादनमा निर्भर रहेको बेला कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइ भन्दा कम हुनुको मुख्य कारण नै आयातीत बिदेशी कृषि उपज हो भन्ने सोच सहित किसान महासंघले वैदेशिक कृषि बस्तुमा रोक लगाउने निर्णय गरेको बताईएको छ।

उच्च कृषि प्रविधि र ठुलो पुँजीको लगानीमा आधारित भारत लगाएतका कृषि अर्थतन्त्रको उत्पादकत्व पनि उच्च हुने तर नेपाल जस्ता परम्परागत कृषि अर्थतन्त्र भएका देशहरूले उनिहरुसङ्ग एउटै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक स्थितिको कारण नेपालको कृषि प्रणाली ध्वस्त हुन खोजेको भन्दै किसान महासंघले यस विरुद्ध संघर्ष गर्न आह्वान समेत गरेको छ।

महासंघका अध्यक्ष काली बहादुर सीको अध्यक्षतामा बिहिवार भएको बैठकलाई नेकपा महासचिव विप्लवले उध्घाटन गर्दै देशको कृषि अर्थतन्त्र , रास्ट्रीय पुँजीको बिकास र दलाल उत्पादन सम्बन्धसङ्गको प्रमुख अन्तरबिरोध एवम् पार्टीको ६ महिने आवधिक योजनाका लक्ष्यबारे प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।

भने कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भरत सी, स्थायी समिति सदस्य  एवम् फ्रयाक्सन इन्चार्ज शिलु सी, नेकपा पोलिटब्युरो सदस्यहरु धुर्व सी, विजय सी र सल्लाहकार सन्ध्या सीको सहभागिता रहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।