१४ बैशाख २०८१, शुक्रबार

यसरी हुँदैछ पुर्वमा अखिल (क्रान्तिकारी)को स्ववियु तयारी

0

११ फाल्गुन ,पुर्व/नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी ) पुर्वी कमान्ड अन्तर्गत सगरमाथा र मेची ब्युरोका स्ववियु निर्वाचन विशेष  बैठकहरू सम्पन्न भएका छन। आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको पुर्व सन्ध्यामा अखिल क्रान्तिकारी पुर्वी कमान्डले निर्वाचन बिशेष बैठक गरेको हो।

अखिल क्रान्तिकारी मेचि ब्युरो समितिको बैठक नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सुमन सिंह सीको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी)का महासचिव ललित सीको उपस्थितमा चैत्र ९ गते झापाको विर्तामोडमा सम्पन्न भएको थियो ।

भने सगरमाथा ब्युरो समितिको बैठक नेपाल कम्युनिस्ट पार्टीका बैकल्पिक केन्द्रिय सदस्य मन्सालु सीको प्रमुख आतिथ्यतामा अखिल (क्रान्तिकारी) का महासचिव ललित सी, नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा उदयपुर इन्चार्ज अमृत सी, सेक्रेटरी जित बहादुर सीको उपस्थितिमा चैत्र ५ गते उदयपुरको घाईघाटमा सम्पन्न भएको जानकारी दिइएको छ।

 त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरे सँगै क्रान्तिकारीले निर्वाचन केन्द्रित गतिविधि तिब्र पारेको छ। अखिल (क्रान्तिकारी) ले पछिल्लो १५ वर्ष यता स्ववियु निर्वाचन नभएकोले जसरी पनि यो पटक निर्वाचन हुनुपर्ने भन्दै चुनावी तयारी गरिरहेको छ।

 गत माघ २५,२६,र २७ गते केन्द्रिय समितिको बैठक सम्पन्न गर्दै स्ववियु निर्वाचनलाई एक शुत्रिय मुद्दा बनाउँदै देशैभरी गतिविधि गरिरहेको क्रान्तिकारी विद्यार्थीले पुर्वी क्षेत्रमा बैठक,भेटघाट, छलफलसँगै जनजीविकासँग सम्बन्धित संघर्ष पनि गर्दै आएको छ।

यसै क्रममा क्रान्तिकारीको मेची ब्युरोद्वारा चैत्र १० गते झापाको विर्तामोडमा आयोजित विद्यार्थीका अभिभावकलाई लघुवित्तको अनुचित नाफा असुली , बैंकको चर्को ब्याज र मिटर ब्याजीहरूको आतंकले आजित बनाएको भन्दै  विद्यार्थी प्रदर्शन समेत सम्पन्न गरेको छ। 

 पुर्वमा स्ववियु निर्वाचन हुने त्रिविका आङ्गिक र सम्वन्धन प्राप्त सबै क्याम्पसहरूमा विद्यार्थी र क्याम्पस प्रशासनसँग भेटघाट गर्दै स्ववियुलाई विद्यार्थीको पक्षमा , त्रिविविको समग्र हित र शैक्षिक गुणस्तर वृद्धिका लागि आन्दोलनको रुपमा विकास गर्नुपर्ने र यसैलाई मुल एजेन्डा बनाएर निर्वाचनमा होमिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।