१४ बैशाख २०८१, शुक्रबार

नेपालमा अब कम्युनिस्ट विराेधी परियोजना लागु भयाे: नेता भरत सी

0

फागुन १३, काठमाडौं /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपालमा कम्युनिस्ट जनमतलाई खण्डित गरि कम्युनिस्ट विराेधी परियोजना लागू गर्न विदेशी चलखेल बढेको बताएका छन ।

उनले शुक्रबार सत्ता गठबन्धनमा भएको फेरबदलतर्फ इङगित गर्दै आफ्नो समाजिक संजाल फेसबुक मार्फत अन्तर्राष्ट्रिय शक्तिकेन्द्रकाे अनावश्यक र अनुचित हस्तक्षेपका कारण राष्ट्रिय सहमतिको नाममा राष्ट्रिय एकता खण्डित हुँदै गएको दावी गरेका छन ।

नेता भरत सीले पुरानो संसदीय दलाल पूँजीवादी राज्यसत्ताको अबैज्ञानिकता, संकट र असफलताको दाेष कम्युनिष्टमाथि थुपार्न खाेजिएकाे बताए ।

उनले देशलाई इतिहासको पश्चिम बंगाल, पूर्वी युरोप वा वर्तमानको युक्रेन जस्तै बनाउने चाल भएको प्रति चिन्ता व्यक्त गरे ।

नेता भरत सीले असल कम्युनिस्टहरूलाई आफ्नो जनमत घट्न नदिन आग्रह गर्दै पूँजीवादी असफलताको दाेष नलिन र गम्भीरतापूर्वक नयाँ ढंगले साेच्न सबैमा अपिल गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।