८ बैशाख २०८१, शनिबार

नेकपा उत्तर मेची-कोशीद्वारा कार्यकर्ता रिहा र झुट्टा मुद्दा खारेज गर्न माग

0

फागुन १३, संखुवासभा /नेकपा उत्तर मेची काेसी ब्युरोले संखुवासभा जिल्ला सदस्य लाेकेन्द्र लिम्बूलाई गिरप्तार गरिएको र उनी लगायत आधा दर्जन नेता कार्यकर्तालाई झुट्टा मुद्दा लगाएको घटनामा आपत्ति जनाउँदै गिरप्तार कार्यकर्ताकाे रिहाइ सहित झुट्टा मुद्दा खारेजीकाे अविलम्ब माग गरेको छ ।

उत्तर मेची काेसी ब्युरो इन्चार्ज देव सीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै गिरप्तार गरिएका कार्यकर्ता लाेकेन्द्रकाे रिहाइ र झुट्टा मुद्दा खारेजीको माग गरेका हुन ।

नेकपाले जारी विज्ञप्तिमा जिल्ला इन्चार्ज युवराज, सचिव सुनिता, जिल्ला सदस्य याम प्रसाद गाैतम, युवा सदस्य नाति, सुवास र विद्यालाई ज्यान मार्ने उद्योग र चन्दा आतंककाे मुद्दा दायर गरिएको उल्लेख गरेको छ ।

जारी विज्ञप्तिमा सभापाेखरी गाउँपालिका तथा पांचखपन नगरपालिका अन्तरगत इलाका वन कार्यालयका इन्चार्ज नवीन दाहालले विभिन्न काठ व्यावसायबाट घुस लिएको गुनासो पार्टीमा आएपछि नेकपाका नेता कार्यकर्ता त्यसबारे बुझ्न वन कार्यालयमा गएको बेला नेकपाका कार्यकर्तामाथि उल्टै प्रहरी प्रशासनको आडमा हातपात भएको जनाइएको छ ।

नेकपाले आफ्ना नेता कार्यकर्तामाथि हातपात भएपछि जवाफी प्रतिकार गरेको पनि जनाएको छ ।

साेही घटनाको विषयलाई लिएर आफ्नो नेता कार्यकर्तालाई गिरप्तार गर्नु र झुटा मुद्दा चलाउनु सत्ता उन्माद भएको नेकपाले दावी गरेको छ ।

नेकपाले राष्ट्र र जनताको मुक्तिकाे लागि क्रान्तिमा हाेमिएका नेता र कार्यकर्ता विरूद्व भ्रष्टाचारीद्वारा दायर गरिएका षड्यन्त्र कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गर्दै दमनले कहिल्यै क्रान्ति नराेकिने र भष्टाचारीकाे षड्यन्त्र ,चलखेल उनकै लागि गरूङ्गाे पर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।