१४ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन

0

फागुन १३कञ्चनपुर / नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कञ्चनपुरले जनजागरण तथा संगठन सुदृढीकरण अभियान तीब्र बनाएको छ । नेकपाले सनिबार जिल्लाको शुक्लाफाँटा नगरपालिकाको वडा नं ८ र ९ मा तीन वटा टोल समिति गठन गर्दै अभियान सञ्चालन गरेको नेकपा जिल्ला इन्चार्ज विराट सीले बताए ।

राम दयाल रानाको नेतृत्वमा ११ सदस्यीय , श्यामलाल चौधरीको नेतृत्वमा १३ सदस्यीय र कमल बहादुर धामीको नेतृत्वमा १३ सदस्यीय समिति विस्तार भएको बताइएको छ ।

नेकपाको तेस्रो पूर्ण बैठकले लिएको ६ महिने आवधिक योजना अन्तर्गत जनमुखी पार्टी र संगठन निर्माण गर्ने उद्देश्यका साथ नेकपा कञ्चनपुरले आफ्ना गतिविधि अगाडि बढाएको हो ।

जनतमैत्री नेता र जनतमैत्रि पार्टी बनाउने अभियान अन्तर्गत हाम्रो पार्टीले जनतालाई जागृत गर्ने अभियान तिब्र बनाएका छौं , नेकपा इन्चार्ज विराट सिले भने । असफल दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्षको मोर्चामा जनतालाई जोड्ने अभियान निरन्तर लैजाने इन्चार्ज बिराट ले बताए ।

नव निर्मित गठित भएका समितिहरूले वर्तमान अवस्थामा चरम रुपमा बढेको चर्को ब्याजदर, लघुवित्त , मिटरब्याजीहरुको आतंक विरुद्धमा संघर्स गर्ने निर्णय समेत गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।