२६ बैशाख २०८१, बुधबार

स्ववियु निर्वाचनलाई व्यवस्था परिवर्तनकाे माध्यम बनाउन आवश्यक : नेता विवेक सी

0

फागुन १३, कालिकोट/नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विवेक सीले स्ववियु निर्वाचनलाई व्यवस्था परिवर्तनकाे माध्यम र हतियार बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिएका छन ।

अखिल (क्रान्तिकारी) मध्य कर्णाली ब्युरोकाे प्रथम बैठकलाई शनिबार कालिकोटको मान्ममा सम्वाेधन गर्दै पार्टीको मध्य कर्णाली ब्युरो इन्चार्ज समेत रहेका नेता विवेक सीले यस्तो निर्देशन दिएका हुन ।

उनलेे बैज्ञानिक समाजवादी व्यवस्थाकाे माध्यमबाट बैज्ञानिक तथा व्यवहारिक शिक्षा लागू गरेर मात्र विद्यार्थीको उज्ज्वल भविष्य हुने ठाेकुवा गरे ।

नेता विवेक सीले निकट भविष्यमा हुने स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) विजयी हुने गरेर संगठनको तयारीमा जुट्न निर्देशन दिए ।

नेता विवेकले अहिले आतंककाे रूपमा रहेको मिटर ब्याजी, बैंक तथा लघुवित्तीय संस्थाहरूकाे चर्काे शाेषण विरूद्व संघर्ष गर्न समेत आग्रह गरे ।

बैठकले सामुदायिक विद्यालयमा भएको भाषा सम्बन्धि विभेद, अभिभावकबाट लिने चर्को शुल्क, अवैध रूपमा संचालन गरिएका ट्युसन सेन्टर बन्द गरिनुपर्ने देखि शैक्षिक बेथितिका विरूद्व संघर्ष गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज सीले जनाएका छन ।

बैठकमा पार्टी केन्द्रीय सदस्य बलवान सी, कालिकोट जिल्ला सेक्रेटरी साहसी सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य कल्पना सी लगायतको सहभागिता रहेको थियो ।

बैठक अखिल (क्रान्तिकारी) का मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज सीकाे अध्यक्षतामा बसेकाे थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।