१३ बैशाख २०८१, बिहीबार

मुस्कुराई रहेको मेरो कर्णाली

0

कविता

फुलको प्रतिक्षामा
पुर्बक्षितीज नियाल्दै
धानको प्रतिक्षागर्दै
बोटमा झुलिरहेका सेता फुलेलीहरु !
मुस्कुराईरहेको अनुहारमा
खुसीको हाँसो बोकेर
दुखान्तको धर्ती मात्र होईन
सुखान्तको संसार पर्खी
सुनगाभाझै मुस्कुराई रहेको छ मेरो कर्णाली।।
रातो चावल ,रातोसिमी
अनि रातो स्याउको मात्र हैन,
रारा से-फोक्सुण्डो र पचालझरनाको घुम्टो भित्र
टुहुरा झै
जीवन जिउन विवस मात्र होईन
आमको काखमा बसेर
दृघजिवन जिउने खोजीमा छ
यिनै आमाको कोखबाट थुत्ने प्रायस नगर
उ पर्खेर बसिरहेको मात्र छैन
सुन्दर सपनाको खाका कोर्दै
मुस्कुराई रहेको छ मेरो कर्णाली ।
मेरो कर्णाली,,,,,,,।
कोदो फापर र मार्सी हुर्किने
र फल्ने माटोमा
हाईब्रेडको हवला दिदै
युरियाको बलमा उम्रिएका
ती झारपात पन्छाउदै
नल र फल दुबैको माया गर्ने
कुसल कृषकको बाटो कुरेर मुस्कुराई रहेको छ
मेरो कर्णाली !
बर्तमानको निरासा ,
भबिश्यको आशा ठानेर
बिना श्रम पसिना सुखसयल बाचिरहेका
खुनी जुकाहरुको अन्धकारपुर्ण मार्ग कोर्दै
चाँदीको घेरा हैन,
घेरा भित्रको चाँदी बनेर
घेरा तोड्ने र भबिश्ष कोर्ने बाटो कुर्दै
मुस्कुराई रहेको छ
,मेरो कार्णाली
मुस्कुराई रहेको छ मेरो कर्णाली !!

(रणदिप नेकपा केन्द्रिय सदस्य हाल ,बाँके )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।