११ श्रावण २०८१, शनिबार

घोराहीमा विभिन्न पार्टी परित्याग गरी दर्जन बढी अटो व्यवसायी नेकपामा प्रवेश

0

घोराही: दाङको घोराहीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी अटो व्यवसायीहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आयोजना आज सोमबार घोराहीमा आयोजना गरेको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनीको कोणसभामै उनीहरुले विभिन्न पार्टी परित्यागको घोषणा गरी नेकपामा प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका पिविएम शीतल सीले कोणसभा कार्यक्रममै अनिल बुढा, दिपक केसी, धनबहादुर गोतामे, कर्णबहादुर थापा, जग्गु चौधरी, सुरेन्द्र विक, बिनोद पुन, मोहन श्रेष्ठ, राम प्रसाद चौधरी, जोगबहादुर चौधरी राजेश विक र बमबहादुर बुढालाई टिका लगाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।