१३ बैशाख २०८१, बिहीबार

वित्तीय संस्थाहरुको ज्यादती अन्त्य नहुँदासम्म आन्दोलन निरन्तर हुन्छ : शीतल

0

घोराही: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य शीतल सीले महंगी र वित्तीय संस्थाहरुको ज्यादतीको अन्त्य नभएसम्म पार्टीको अन्दोलन जारी रहने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले सोमबार घोराहीमा आयोजना गरेको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कोणसभाको प्रमुख वक्ता समेत रहेका पिविएम शीतल सीले बैंक तथा वित्तीय क्षेत्रको ज्यादतीले व्यापार, उद्योगी र आम सर्वसाधरण जनतालाई सास्ती दिएको भन्दै त्यो सास्ती अन्त्य नहुँदासम्म निरन्तर जनसम्बन्धसहितको यो संघर्ष अगाडि बढ्ने बताए । उनले यो आन्दाेलनको निरन्तर आफूहरुले कमाण्ड गर्ने र त्यो आन्दोलनमा निरन्तर साथ दिन आम जनसमुदाय, बुद्धिजीवि, उद्योगी, व्यापारी लगायत सबैलाई अनुरोध गरे । नेता शीतलले उद्योगी, व्यवासायीका माग तथा आम जनताका समस्याहरुलाई कुनै ठाउँमा थन्काएर आफ्नो स्वार्थका निम्ति कहीँ पनि नचुक्ने र नभुल्ने प्रतिबद्धता समेत जनाए ।

यो दलाल राज्य व्यवस्थाले नेपालका राष्ट्रिय उद्योगी, व्यापारीहरुलाई आज एउटा व्यापार दृष्टिको उद्देश्यले अपांग हुनुपर्ने स्थिति सिर्जना गरेको बताउँदै नेता शीतलले यो राज्यको बैंकको ब्याजदरले व्यवासायीहरुको ढाड सेकेको र आफूहरु यो ढाड सक्नेको विरुद्ध आज देशव्यापी आन्दोलन गरेको भन्दै बैंकको ब्याजदर एक प्रतिशतमा झार्नुपर्ने मागसहित अगाडि बढेको बताए । उनले आज मिटरब्याजीहरु मौलाइरहेको र आम नेपाली जनतालाई विनास गर्नेगरी एउटा उच्च स्तरमा पुगेको उद्घोष गरे । ‘मिटर ब्याजको फन्दामा परिरहेका उद्योगी, व्यापारी र आम जनताहरुले गलत ढंगबाट लगाएको मिटरब्याज नतिनुस् ’ उनले भने ‘बरु हामीसँग संघर्षमा आउनुस् । हामी तपाईलाई पूर्ण रुपले साथ दिँदै आन्दोलनको माध्यमबाट मिटर ब्याजको गलत नीतिलाई ध्यस्त पार्ने अभियान अगाडि बढाउँछौं । हामीसँगसँगै अगाडि बढ्नुस् । तर, हामी यो भन्छौं मिटर ब्याजका पैसा नर्तिनुस् । उनको जायज पैसा के हो ? त्यो छलफल गरेर, छानविन गरेर तिरौंला । यसलाई आन्दोलनको माध्यमबाट अगाडि बढाउँदै मिटरब्याजबाट मुक्त गर्ने दिशामा अगाडि बढौं । तपाईहरुसँगसँगै हामी नेतृत्व गर्न तयार छौं ।’
यो दलाल राज्य व्यवस्था रहेसम्म विकृति र विसंगति झनै बढ्ने भएको हुँदा यसको अन्त्य गर्दै पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने नेता शीतलको भनाइ छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीले देशको संकटलाई निकास कसरी दिने तथा देशको संकटबाट जनतालाई कसरी मुक्त गर्ने र जनताले आफ्नो जीवन सरतापूर्वक खाने र बाच्ने अधिकारी कसरी प्राप्त गर्ने भन्ने विषयमा आफ्नो पार्टी गम्भीर भएको बताइन् । उनले पछिल्लो चरणमा ब्याप्त भएको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीले उद्योगी, व्यापार, व्यवसायी तथा आम जनतालाई सास्ती दिइएको भन्दै त्यसको विरुद्ध आज देशभर विरोध सभा भइरहेको समेत बताइन् ।
यो दलाल राज्य व्यवस्थाले जनताका छोराछोरीलाई गरिखान नपाउने वातावरण सिर्जना गर्दै नेताका आसेपासे, पुजारीहरुलाई मात्रै सुविधा पाउने र गरिखाने जुन स्थिति पैदा सिर्जना गरेको छ, त्यसकै विरुद्धको यो आन्दोलन भएको नेता सम्झानाले भनिन् ।

‘नेपाल कम्युनिस्ट पार्टी जनताको समस्यामा साथी बनेर उभिने प्रतिवद्धतासँग अगाडि बढेको छ ’ नेता सम्झना भनिन् ‘यहाँका दलालहरुको कानमा अझैपनि यो आवाजहरु पुगेन भने हामी चरणवद्ध संघर्षका आन्दोलनहरु घोषणा गर्ने छौं । र, गरिब र जनताहरुले गरिखान पाउने वातावरण सिर्जना गर्नका लागि आफ्नो पार्टी निरन्तर अगाडि बढ्ने छ । सधै जनताको साथमा रहेछ र नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई साथ दिने छन् । ’
अब गरेर खाने सरकार ल्याउनुपर्ने तथा यो देशमा उद्योग, व्यापार र केही गरेर खान्छु भन्नेलाई यो राष्ट्रले प्राथमिकता दिनुपर्ने र देशमा गरेर खानुपर्छ भन्ने वातावरण बनाउनुपर्ने इञ्चार्ज सम्झनाको भनाइ थियो । ‘हाम्रो देशको रक्षा गर्ने निरन्तर यात्रामा छौं ’ उनले भनिन् ‘ स्वाभीमानी जनता, व्यवसायी र राष्ट्रभक्तिले हाम्रो यो आन्दोलनलाई समर्थन गर्नुपर्छ । हामीले भनेका छौं, पार्टीको झोला एक पटक विसाउनुस् । हामी आह्वान गर्न चाहन्छौं, पार्टीभित्रका दलालहरुलाई पनि कालोमोसो दल्ने हिम्मत गर्नुस् । किनकि दलालहरुले त्यहीभित्रका कार्यकर्तालाई अपमान गरिरहेका छन् । तसर्थ एकचोटी राष्ट्रका लागि, देशका लागि स्वाभिमानी हातहरु एकजुट हुन जरुरी छ । स्वाभिमानी काधहरु एकजुट हुन जरुरी छ । स्वाभिमानीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ र यहाँका दलाल व्यवस्थाको अन्त्य गर्न वैज्ञानिक समाजवाद लागु गर्ने बेला आएको छ । ’

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको आयोजनामा घोराहीको तुलसीपुर चोकमा भएको महङ्गी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनीको कोणसभालाई दाङका उद्योग, व्यवसायी तथा निर्माण व्यवसायीहरुले यो आन्दोलन व्यवसायी र जनताको पक्षमा भएको भन्दै समर्थन गरेका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, वरिष्ठ उपाध्यक्ष नरेश कार्की लगायत अन्य व्यवसायीहरुले आन्दोलनको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीलाई धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले व्यवसायीलाई उर्जा दिने, व्यवसायीको पक्षमा भएको आन्दोलनलाई आफूहरुको सदैव साथ रहने र सँगै अगाडि बढ्ने भन्दै बैंकले बढाएको ब्याजदरले व्यवसायीहरु मारमा परेको विषयलाई लिएर थुप्रै आन्दोलहरु भएतापनि आफ्ना मागहरु पूरा नभएको भन्दै अब व्यवसायीहरुले बैंक बारुद पट्काउ समेत पछि नपर्ने बताए । व्यवसायीहरुले ८ प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १६÷१७ प्रतिशतसम्म पुगेको र बैंकहरुले व्यवसायीहरुलाई फोन गरेर टर्चरसँगै धम्की दिइरहेको हुँदा यो आन्दोलनले थप मद्धत पुग्ने उनीहरुको भनाइ थियो ।

घोराहीको सहिदगेटबाट सुरु भएको उक्त ¥यालीमा मिटर ब्याजीलाई कारबाही गर, लघुवित्तलाई गाउँगाउँबाट लखेटौं, बैंक आतंक बन्द गर, बढ्दो मूल्यवृद्धि फिर्ता गर, भ्रष्टचारीलाई कारबाही गर, वित्तीय संस्थाको चर्काे शोषण बन्द गर, राष्ट्रिय उद्योगी र व्यापारीलाई राहत दे लगायतका नारा लगाउँदै बैंक रोड, दामदोर रोड हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणन भएको थियो ।
कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।