१२ बैशाख २०८१, बुधबार

नेकपा महासचिव विप्लवद्वारा सहिद परिवारको साझा संस्था चम्किलो ताराको उद्घाटन

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिदहरुका परिवारको साझ संस्था चम्किलो ताराको औपचारिक रूपमा उद्घाटन गरेका छन।

सहिद तथा बेपत्ता परिवाद्वारा स्थापित संस्था चम्किलो तारा द्वारा बुधबार रास्ट्रीय नाचघर जमलमा आयोजित एक कार्यक्रम बिच संस्थाको उध्घाटन गरिएको हो।

किशोर अनुरागद्वारा लेखन तथा निर्देशन गरिएको लक्ष्मी गुरुङको सहिदहरुका सपनामा आधारित नाटक सपनाको मञ्चन समेत गरिएको कार्यक्रममा सहभागी सहिद परिवार , बेपत्ता परिवार लगाएत नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव विप्लवले -हामीसङ्ग आशा, निराशा र गम्भीर जिम्मेवारीहरु छ्न,आज जे जति परिवर्तन भएको छ ,त्यो सहिदहरुकै बलिदानको मुल्यमा भएकोछ,जनयुद्ध बिश्वलाई तरङ्गीत पार्ने परिघटना थियो त्यसले गाउँमा सामन्तवादको अन्त्य गर्यो जसले बोल्न नसक्ने महिल, श्रमिक देखि उत्पीडितहरु बोल्ने बनायो, अहिले नेपाल प्रहरी देखि सेनासम्म महिलाहरुको जुन सहभागिता देखिन्छ, त्यो सबै जनयुद्धको परिणाम र उपलब्धी भएको बताए।

“जवसम्म साम्यवाद आउँदैन तवसम्म क्रान्ति अनिवार्य छ, यो कुरा त पुजीवादी वुद्दिजीविहरुले समेत स्वीकारेका छन उनले नेपाल कम्युनिस्ट पार्टी सहिदहरुका सपना पुरा गर्न आफुहरु निरन्तर अन्याय ,अत्याचार विरुद्ध लड्दै गर्दा राज्यले दमन गरेको तर्फ संकेत गर्दै भने “हामी भ्रष्टाचार , कालोबजारी , महङ्गी र महङ्गो ब्याजदर बिरुद लडाइँ लड्दैछौं राज्य त्यसलाई बचाउन खोज्दै छ,त्यसकारण हामीलाई प्रतिबन्ध लगाईयो

पानसमा बात्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा गोर्खा जेल ब्रेककि कमान्डर तथा नेकपा स्थायी समिति सदस्य शिलु सी लगाएतका नेताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता खुमा सुबेदीले गरेकि थिइन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।