१४ बैशाख २०८१, शुक्रबार

जनताका मुद्दाहरुलाई स्थापित गर्ने जिम्मेवारी जनपत्रकारहरुको काँधमा छ : भृकुटी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले देश र जनताका मुद्दाहरुलाई स्थापित गर्ने जिम्मेवारी पत्रकारको काँधमा आएको बताइकी छन् । जनपत्रकार सङ्गठन नेपाल, उपत्यका प्रदेशले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको समापन गर्दै भृकुटीले पत्रकारितामार्फत जनताका मुद्दाहरुलाई स्थापित गर्ने जिम्मेवारी पत्रकारको काँधमा आएको बताएकी हुन् ।

‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति पुरा गर्न तीन आधार र पाँच तयारी गर्ने भनेको छ ।’, समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तीन आधारमध्ये पत्रकारिता पनि एक हो । त्यसैले तपाईँहरुको काधमा जनताका मुद्दाहरु उठान गर्दै समाजवादको दिशामा बहस सिर्जना गर्दै आन्दोलनलाई उचाई दिने जिम्मेवारी आएको छ । त्यसलाई कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ भन्ने अपेक्षा छ।’

काठमाडौँ जिल्ला नम्बर ३ की इन्चार्ज समेत रहेकी भृकुटीले अबको परिवर्तन र संघर्षको उचाई पत्रकार जगतको काधमा आएको भन्दै निष्पक्ष पूर्वक तथ्यसहितको सत्यलाई जनता सामु ल्याउन जनताका जनपत्रकारहरु दृढता पूर्वक लाग्न सुझाव दिइन् । सङ्ठनका केन्द्रीय अध्यक्ष दर्शनले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै डटेर जनताको पक्षमा कलम चलाउन आह्वान गरेका थिए ।

तालिमको समापन कार्यक्रममा पबित्रा सी र लक्ष्मण सीले तालिमको अनुभूतिजन्य मन्तव्य राखेका थिए । उनीहरुले तालिमपछि आफूहरु जनताको पक्षमा कलम चलाउनका लागि तयार भएको बताएका थिए ।

कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका प्रदेशका इन्चार्ज शोभराज बरालले गरेका थिए भने संचालक केन्द्रीय सचिवालय सदस्य साहास भट्टले गरेका थिए ।

आधारभूत पत्रकारिता तालिन फाल्गुन १६ देखी १८ गतेसम्म काठमाडौँमा चलेको थियो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता, मानव अधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारिता’ भन्ने मुला नारासहित पत्रकारिता तालिम सुरु भएको थियो । तालिममा करिब २० जनाको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।