१४ बैशाख २०८१, शुक्रबार

धमेन्द्र समूहका केन्द्रीय सदस्य गणेश साह नेकपामा समाहित

0

सर्लाही /धमेन्द्र बास्तोला समूहका केन्द्रीय सदस्य तथा सिरहा , सप्तरी जिल्ला इन्चार्ज गणेश साह नेपाल कम्युनिस्ट पार्टीमव समाहित भएका छन । शनिबार नेता शाहले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले बास्तोला नेतृत्वको नेकपा बहुमत परित्याग गरेको बताएका हुन् ।

शाहले विज्ञप्तिमा भनेका छन , “ नेपाली क्रान्तिको मौलिक कार्यदिशा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको प्राप्ती नै रहेको बताउँदै पुँजीवादका विरुद्ध आजै देखि नेकपा बहुमत छोडी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको जानकरी गर्दछौं ।”

नेकपा पोलिटब्युरो सदस्य आधार सी, पोलिटब्युरो सदस्य  देवनारायण साह केन्द्रीय सदस्यहरु जुझारु सी , कमल सुस्लिङ सी लगायत नेताहरुले एक कार्यक्रमका बिच शाहलाई स्वागत गरेका थिए ।

प्रेस विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।