१५ बैशाख २०८१, शनिबार

जनयुद्धलाई धोका नदिएको भए वैज्ञानिक समाजवाद आईसक्थ्यो: शिलु

0

२० फागुन, दाङ/नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले प्रचण्डले जनयुद्धलाई धोका नदिएको भए नेपालमा वैज्ञानिक समाजवादी सत्ता चलिरहेको हुने वताएकी छन । नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरो अन्तरगत जनबर्गिय संगठनहरु र राष्ट्रिय मुक्ति मोर्चाहरुको ब्युरो संरचनाको घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै उनले यस्तो वताएकी हुन ।

जनवर्गीय संगठनहरुको फ्याक्सन इन्चार्ज समेत रहेकी नेतृ शिलुले जनयुद्धको सपनालाई प्रचण्डले धोका दिए पछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लवको नेतृत्वमा क्रान्तिको झन्डा उठाउनु भएको वताईन ।
उनले भनिन् “हामीले क्रान्तिलाई मर्न दिएका छैनौ, हामीले सहिदको बाटो बिर्सिएका छैनौ, अब क्रान्ति पुरा गर्ने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको छ ।”

नेतृ शिलुले माक्र्सवाद भनेको बिज्ञान भएको र यसको निरन्तर विकास हुदै जाने भन्दै माक्र्सवादका आधारभूत सिद्धान्तमा टिकेर नेकपाको नवौं राष्ट्रिय महाधिवेशनले दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा नयाँ विकास गरेकोे वताईन ।

उनले जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता वनाउने पार्टीको मुख्य योजना भएको वताउदै पार्टीको ६ महिने योजनामा सिंगो पार्टी र जनवर्गीय संगठनहरु जनता तिर फर्किनु पर्नेमा जोड दिईन ।

पार्टीलाई चन्दाको भरमा मात्र चलाउने परिपार्टीको अन्त्य गर्दै आत्मनिर्भता अर्थतन्त्रको विकासमा समेत पार्टीले जोड दिएको भन्दै नेतृ शिलुले जनबर्गिय संगठनहरु पनि जनतासंग जोडिदै आत्मनिर्भर उत्पादनको कार्यमा लाग्न निर्देशन दिईन ।
नेकपा केन्द्रीय सदस्य तथा लुम्विनी व्यूरो इन्चार्ज संजीव सीले जनवर्गीय संगठनहरु र राष्ट्रिय मुक्ति मोर्चाहरु भनेका साझा मोर्चा भएको भन्दै यसको विकासमा जोड दिनु पर्ने वताए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष कालीबहादुर सीले नेपाली जनताको समस्याको समाधान दिने व्यवस्था वैज्ञानिक समाजवाद भएको र त्यसलाई नेतृत्व गर्ने नेपाल कम्युनिस्ट पार्टी मात्र हुने ठोकुवा गरे ।

युवा संगठन नेपालका सचिव विश्लेषणले युवाहरुलाई बिचार र भावनाले मात्र नहुने भन्दै युवालाई उत्पादनको कार्यमा जोड्नु पर्ने वताए । उनले दलाल संसदीय व्यवस्था परिवर्तन गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्न युवाहरु सवै क्रान्तिमा संगठित हुन पनि आहवान गरे ।

नेपाल कम्युनिस्ट पार्टीको पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजीव सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।