१४ बैशाख २०८१, शुक्रबार

जनपत्रकारहरुको आधारभूत पत्रकारिता तालिम कैलालीमा सुरु

व्यवस्था परिवर्तन विना समस्या समाधान हुदैन: अनिल सी

0

२० फागुन,कैलाली । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले अहिलेको समस्याको जड् दलाल पूँजीवादी व्यवस्था भएको भन्दै यो व्यवस्था परिवर्तन विना कुनै पनि समस्या समाधान नहुने ठोकुवा गरेका छन ।

जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले शनिवारबाट लम्कीमा आयोजना गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै स्थायी समिति सदस्य अनिलले यस्तो ठोकुवा गरेका हुन ।

प्रकाशन तथा प्रचार विभाग इन्चार्ज समेत रहेका उनले पुरानो सत्ता भित्र गम्भीर संकट पैदा भईरहे खुलासा गर्दै त्यो संकटलाई क्रान्तिकारी संकट तिर वदल्नुपर्ने वताए ।

प्रमख अतिथि समेत रहेका नेता अनिलले देश अग्रगमन तिर जाने वा फेरी पश्चगमन तिर लैजाने भन्ने धाराहरु बीच तिव्र टक्कर पैदा भइरहेको वताउदै सत्ता संकटलाई प्रतिगामीहरुले प्रतिगमन तिर बदल्न खाजेको खुलासा गरे ।

देशलाई कुनै पनि हालतमा प्रतिगमन तिर जान दिन नहुने भन्दै नेता विरहीले नेपाल कम्युनिष्ट पार्टीको सचेत प्रत्यनवाट देशलाई क्रान्तिकरी परिवर्तन तिर लैजानुपर्नेमा जोड दिए ।

उनले भने “संकटको विष्फोट कतावाट हुन्छ थाहा छैन,प्रधानमन्त्री विरुद्ध समेत मुद्धा चलेको छ, वेरोजगारी भएर युवाहरु विदेश जाने लहर वढेको छ, लुटको स्वर्गमा संकट आएको छ, यो जनता माथिको संकट पनि हो, यस्तो वेला पुरानो सत्तामा आएको संकटलाई क्रान्तिकारी परिवर्तनतिर वदल्नु पर्छ ।”

उनले मिडिया क्षेत्रको महत्व धेरै वढेको भन्दै क्रान्ति गर्नका लागि पार्टी,सेना र मोर्चा गरी तीन जादुगरी हतियार चाहिने पार्टीले भनिरहे पनि अव त्यतिले नपुग्ने र मिडियालाई समेत थपेर चार जादुगरी हतियार वनाउनु पर्ने वताए ।

नेता अनिलले दलाल पूँजीवादीहरु र साम्राज्यवादीहरुले क्रान्तिकारीहरु विरुद्ध फैलाउने अनेक भ्रम विरुद्ध जनपत्रकारहरुले कलम चलाउन आहवान गरे ।

उनले क्यूवा,रुस र चिनियाँ मोडलले अवको नेपाली क्रान्ति सफल नहुने चर्चा गर्दै नेपालको विशिष्टतामा आधारित पाटीको बल र जनताको बललाई संगै जोड्ने एकीकृत जनक्रान्तिको मोडल नेकपाले अपनाएको वताए । पार्टीले निर्देश गरेको कार्यदिशा र विचार अनुसार जनपत्रकारहरुले अग्रमोर्चामा रहेर कलम चलाउन सुझाव दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सेति व्यूरो इन्चार्ज भगत सीले विश्वका हरेक क्रान्तिमा कलमको मोर्चाले अग्रणीय काम गरेको भन्दै नेपालमा पनि त्यो हुन आवश्यक रहेको वताए ।

उनले जनपत्रकारहरुले दलाल पूँजीवादी सत्ताको खरावी  विरुद्ध भण्डाफोर गर्ने पत्रकारिता गर्नुपर्ने र जनतामा लुकेका घटनाहरु पनि वाहिर लिनु पर्ने वताए ।

उनले भने “यो महत्वपूर्ण काम हो,सामान्य नठान्नु होला, यो लडाईको एसाल्ट गुरुप हो, दलाल पूँजीवादलाई कलमको माध्यमवाट हमला गर्नु पर्छ ।”

तालिमको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य तथा महाकाली व्यूरो इन्चार्ज समरले एकीकृत जनक्रान्तिको मोर्चामा पत्रकारितालाई अग्रीम चौकीको रुपमा लिनुपर्ने वताए । उनले जोन रिड,लुसुन लगायतका पत्रकारहरुले अन्तर्राष्ट्रिय क्रान्तिलाई महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै पत्रकारहरुले चाहेमा र प्रचारको काम गरेमा क्रान्तिको विजयी टाढा नहुने वताए । साम्राज्यवादीहरुले हिटलरको संचारमन्त्री गोयवल्स जस्तै अहिले पनि क्रान्तिकारी विरुद्ध हमला गरिहको भन्दै त्यसको प्रतिवाद गर्ने पत्रकार र संचार माध्यम हुुुनुपर्नेमा जोड दिए ।

तालिमको उद्घाटनमा नेकपा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरवहादुर विश्वकर्मा, अखिल नेपाल महिला संंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुनिता सीले वोल्दै हरेक परिवर्तनको आन्दोलनमा पत्रकारको भूमिका महत्वपुर्ण भएको र अवको एकीकृत जनक्रान्तिको आन्दोलनमा पनि महत्वपूर्ण हुनुपर्ने वताए ।

पाँच दिन सम्म चल्ने तालिमा सुदूरपश्चिमका ९ जिल्ला सहित वाँके र वर्दिया जिल्लाका गरी करिव दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । तालिमा समाचार संकलन,लेखन, पत्रकारिता, पत्रकारका आचारसंहिता लगायतका विषयमा सहजिकरण हुनेछ ।

जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य धर्मसिंह विकको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन सत्रको संचालन जनपत्रकार संगठनका केन्द्रीय सदस्य गणेश एसकेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।