८ बैशाख २०८१, शनिबार

नेकपा अछामद्वारा४५ जना सहिद परिवारलाई सम्मान

0

२१ फागुन,अछाम /नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले जनयुद्धमा सहिद भएका परिवारजनलाई सम्मान गरेको छ ।

सहिद सप्ताहको अवसरमा नेकपाले जनयुद्धको समयमा तत्कालिन सरकारका सुरक्षा कर्मीहरुले आक्रमण गर्दा महान सहिद भएका रामारोशन गाउपालिका भित्रका ४५ जना सहिद परिवारजनहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरी एक एक थान काँशको कचौरा सम्झना स्वरुप दिदि सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पश्चिमअछाम जिल्ला सचिव निरक सीले सहिद परिवारलाई सम्झनाको चिनो हस्तान्तरण गर्दै अहिलेको ब्यवस्थामा केही मुठ्ठीभर मान्छेले रजाइ गरिरएको र सहिद तथा बेपत्ता परिवारलाई अपमान गरेको बताए।

नेपाल कम्युनिस्ट पार्टी जहिले पनि सहिद परिवार घाइते अपांग हरुको सारथि भएको , जुन राज्य ब्यवस्थाका लागि जनयुद्ध लडिएको थियो त्यो प्राप्त नभएको र अहिले चलिआएको ब्यवस्था दलाल पुजिवाद भएको भन्दै देश र जनताको लागि रगत बगाएर आफनो जीवन समर्पण गर्ने व्यक्तिलाई रास्ट्रीय सहिद घोषणा गरिनु पर्ने समेत वताए ।

कार्यक्रममा नेकपा पश्चिम जिल्ला कार्यलय सचिब तपेन्द्र सी, युबा संघठन पश्चिम जिल्ला सयोजक गोकुल बिष्ट,अखिल क्रान्तिकारी बिद्यार्थी संगठन सयोजक एकिन्द्र सी, गोबिन्द सी र कम्मान सी लगायत नेता कार्यकर्ता हरुको उपस्थिती रहेको थियो ।

अखिल क्रान्तिकारीका नेता एकेन्द्र सिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्ष विनोद सीले गरेका थिए भने सञ्चालन जिल्ला सचिवालय सदस्य युवराज सीले गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।