६ बैशाख २०८१, बिहीबार

झापामा शहिद स्‍मृति समाजघरकाे शिलान्यास

भावुक हुँदै सुमनसिंहले गरे बलिदान खेर जान नदिने प्रण 

0

झापा: शहिद सप्ताहको अन्तिम दिन आज नेपाल कम्युनिस्ट पार्टी झापाले शहिद स्‍मृति समाजघर निर्माणको शिलान्यास गरेको छ । झापा गाँउपालिकामा पार्टिले जोतभोग गर्दै आएको जमिनमा उक्त समाजघर निर्माण गरिने भएको हो । शिलान्यास कार्यक्रममा महान जनयुद्धका शहिद कुशल लडाकु योद्धा भिम खनाल कमरेड बाबाकी आमा,  पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी , पार्टीका झापा जिल्ला इन्चार्ज प्रशान्त सी, युवा संगठन नेपालका काेषाध्यक्ष सुवास सी, पार्टीका जिल्ला सदस्य र झापा गाँउपालिकाका सदस्यहरु, स्थानिय जनता लगायतको उपस्थिति रहेको थियो ।

हुलाकी राजमार्ग देखि नजिकै पर्ने उक्त सुन्दर स्थलमा शहिद स्‍मृति समाज घर निर्माण गर्ने र त्यस स्थानमा विभिन्न आन्दोलनको क्रममा बलिदान गर्ने  झापाका सबै शहिदहरुको प्रतिमा समेत निर्माण गरिने योजना रहेको छ । शिलान्यास कार्य पछि बोल्दै पार्टिका ब्युरो इन्चार्ज सुमनसिंह सीले शहिदलाई दलाल पुंजिवादी सत्ताले उपहास गरेर बिर्सिए पनि दु:ख पाएका जनताले कहिलै बिर्सन नसक्ने बताए । उनी बोल्ने क्रममा आँखामा आशु छल्काउँदै भावुक भएर आज यहा शहिदहरु जिउंदो भएको र यही मुल्यले जनता माथि भैरहेका हरेक अत्याचार विरुद्ध संघर्ष गर्ने बताए । उनले बरु आफ्नो बलिदान स्विकार्ने तर शहिदहरुको सपना माथि सड्यन्त्र हुने र जनताहरुलाई अलपत्र छाड्ने कुरा कहिलै स्विकार्न नसकिने बताए । उनले शहिदहरुको अधुरो सपना एकिक्रित जनक्रान्तिमार्फत पूरा गरी छाड्ने प्रण गरेका छन् ।

कार्यक्रमको अन्त्यमा मजदुर नेता चमनलाल माझीले मधेसी भाषामा संबोधन गर्दै हामीलाई आदिबासी, गरीब र कमजोर सोचेर राज्यले बारम्बार हेपेको, अंफुलाई पटक पटक गिरफ्तार गरेर आफ्नो समुदायलाई त्रसित बनाउने प्रयत्न गरेको कुरा आफ्नो समुदायले राम्रो संग बुझेको बताए । उनले पटक पटकको जेल नेल खपेर पनि अंफु यही माटोमा उभिएर जनताको नेत्रित्व गरिरहेको उल्लेख गर्दै दलाल सत्ताको दमन संग एकइन्च पनि नझुकी जनताको सेवामा तल्लिन हुने प्रतिबद्धता समेत गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।