११ बैशाख २०८१, मंगलवार

‘पत्रकारिता तालिमले भोक मेटायो’ :सहभागीहरु

0

२३ फागुन,कैलाली । “हल प्रवेश हुनु अघि निकै भोक लागेको महशुस भएको थियो तर अहिले भोकको प्यास मेटाएको अनुभूति भएको छ” यो तालिममा सहभागीहरुको भनाई हो ।
मंगलवार लम्कीमा तालिमको समापन कार्यक्रममा आफ्ना अनुभूतिहरु प्रस्तुत गर्दै तालिममा सहभागी प्रशिक्षाथीहरुले यस्तो प्रतिक्रिया राखेका हुन । तालिममा बाँके जिल्लावाट सहभागी प्रशिक्षार्थी विकास विकले तालिमले आफ्नो भोकको प्यास मेटाएको वताए ।

उनले दलाल संसदीय पूँजीवादी व्यवस्थाको भ्रामक प्रचारका विरुद्ध अब जनपत्रकारहरुको लड्ने कलमको टुप्पो तिखारीएको वताए ।

आफुले यसअघि पनि आधारभूत पत्रकारिता तालिम लिएको भएपनि यो तालिम आफ्नो लागि निकै अविस्मरणीय र ज्ञानवद्ध भएको उनको उनको भनाई छ।

प्रशिक्षार्थी वझाङका कमल जोसीले समाजको विकृति हटाउन र दलाल व्यवस्थाको कू–प्रचारको प्रतिवाद गर्न तालिम सफल भएको वताए । उनले तालिममा सिकेको कुरा अब फिल्डमा व्यवहारमा लागु गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अर्का प्रशिक्षार्थी कैलालीका पृथ्वी लुवारले जनपत्रकारको पंक्तिमा परिवर्तन हुने आशा गर्दै तालिमले सवैको भोग मेटिएको अनुभूति भएको वताए ।

उनले आफूभित्र भएको अपुगतालाई तालिमले केही हद सम्म पुरा गरेको वताए ।

अर्का प्रशिक्षार्थी नरेन्द्र रानाले तालिम आफ्नो जीवनका लागि महत्वपूर्ण परिघटना भएको र यसले जीवनमा केही नयाँ वाटो दिएको वताए ।

प्रशिक्षार्थी दार्जुलाका धनिराम लावडले तालिमले नयाँ ज्ञान दिएको भएपनि जनपत्रकारहरुको संगठन कसरी संचालन हुने ? भन्ने विषयमा योजना चाहिने वताए ।
प्रशिक्षार्थी अछामका खेमराज बुढाले तालिमले आफ्नो मात्र होइन जनतामो जीवन परिवर्तन गर्ने जिम्मेवारी दिएको वताए । उनले तालिमले समाचार सुघेर पत्ता लगाउने कुरा देखि, लेखन, संकलन,लेख्दा ध्यान दिनुपर्ने कुरा लगायतका विद्यागत ज्ञानले आफूलाई धेरै नयाँ उचाईमा पुर्याएका् धारणा राखे ।

तालिमको उद्घाटन फागुन २० गते नेकपाका स्थायी समिति सदस्य अनिलको उपस्थितिमा भएको थियो भने समापन पनि उनकै उपस्थितिमा भएको छ । तालिमले समग्रमा पत्रकारिताको क्षेत्रमा नयाँ आयम थपिएको सहभागीहरुले महसुस गरेका छ्न।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।