१४ बैशाख २०८१, शुक्रबार

पितृसत्ता र दलाल पुँजीवादको अन्त्य गरौं : क्रान्तिकारी महिलाहरु

0

लम्की/ कैलालीको लम्कीमा पितृसत्तात्मक राज्यव्यवस्था र दलाल पुँजीवादको अन्त्य गरौं – बैज्ञानिक समाजवादको स्थापना गरौं भन्ने नारा सहित महिलाहरुले र्याली गरेका छन।बुधबार १ सय १३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा कैलालीको लम्कीमा आयोजित र्यालीमा सहभागी क्रान्तिकारी महिलाहरुले यस्तो माग गर्दै र्याली गरेका हुन।

सामन्ती पितृसत्तात्मक मान्यतामा आधारित राज्य प्रणाली र दलाल पुँजीवादको अन्त्य र बैज्ञानिक समाजबादको स्थापनाले मात्र महिला मुक्ति संभव हुने उनिहरुले दाबी गरेका छन।

र्यालीमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा, नेकपा केन्द्रिय सदस्यहरु भगतसिंह , प्रकाश सी, सरिता सी, हिमशिखर सी, दर्शन सी ,  दिल बहादुर सी, राम प्रसाद सी, लोकेश सी , बिरु सी महिला नेतृ सुनिता, बिनु , भावना लगाएत स्थानीयहरुको सहभागिता रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।