१३ बैशाख २०८१, बिहीबार

१०हजार वर्ष अघि लैङ्गिक उत्पीडन थिएन, साम्यवादमा पनि हुने छैन : अनिल शर्मा

0

कैलाली / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार विभाग इन्चार्ज अनिल शर्मा बिरहीले आजभन्दा करिव १० हजार वर्ष अघि लैङ्गिक उत्पीडनको अस्तित्व नरहेको र साम्यवादी व्यवस्थामा पनि उत्पीडनको समस्या नरहने उल्लेख गरेका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी सेती ब्युरोद्वारा १ सय १३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कैलालीको लम्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।

” करिब १० हजार वर्ष अघिबाट उत्पत्ति भएको मानव जातिको इतिहासमा मान्छे मान्छे बिचको भेदभाव शोषण र उत्पीडनको शुरूवात भएको हो ।यो उत्पीडन त्यो भन्दा अघि थिएन” उनले भने “अब दलाल पुजीवादको अन्त्य भएर आउने बैज्ञानिक समाजवादी/ साम्यवादी व्यवस्थामा यी उत्पीडिनका सम्पुर्ण रुपहरु समाप्त हुनेछ्न् ।

महिलाहरुले जे- जति राजनीतिक अधिकार प्राप्त गरेका छन ती पनि विगतमा समाजवादले स्थापित गरेको स्मरण गर्दै स्थायी समिति सदस्य अनिलले -सर्वप्रथम शोभियत संघले पहिलो पटक महिलाहरुलाई भोट हाल्ने अधिकार दिएको थियो,त्यसपछि मात्रै महिलाहरुले संसारभरि मतदानको राजनीतिक अधिकार पाउन थालेको बताए।

” नेपालको संविधान र कानुनमा महिला अधिकार सम्बन्धि व्यवस्था गरिएको भएपनि उनिहरुको आर्थिक, सामाजिक , सास्कृतिक स्तर पुरुष सरह छैन, गणतन्त्र आईसकेपछि पनि महिलाहरु विरुद्ध सामाजिक असुरक्षा , बलात्कार र हिंसाका घटनाहरु बढ्दै गईरहेका छ्न, यसले पनि पुष्टी गर्दछ कि पुँजीवाद र संसदीय व्यवस्थाले महिला अधिकार दिन सक्तैन भन्ने कुरा राम्ररी पुष्टी हुन्छ” उनले भने।

त्यस्तै कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा महिला नेतृ सरिता सीले -विभिन्न वर्ग ,समुदाय लगाएत सम्पुर्ण मानव जातिलाई उत्पीडनबाट मुक्त गर्दै शोषण विहिन, उत्पीडन बिहिन र बिभेद बिहिन राज्यव्यवस्था निर्माण गर्न कम्युनिस्ट आन्दोलनसङ्ग लैङ्गिक आन्दोलनलाई जोडेर मात्र महिलाहरुले पुर्ण मुक्ति र अधिकारको प्रयोग गर्न सक्ने दाबी गरिन् ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग सहित अमेरिकामा भएको मजदुर आन्दोलनको स्मरण र प्रतिबद्धता गर्दै श्रमिक महिला दिवसको सन्दर्भमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज भगत सिंह, केन्द्रिय सदस्यहरू प्रकाश सी, हिमशिखर सी, दर्शन सी , नेकपा नेताहरू दिल बहादुर सी, बीरु सी, प्रदिप सी , लोकेश सी लगाएतका नेताहरुको सहभागिता रहेको थियो।

त्यस्तै कार्यक्रममा महिला नेतृहरु शान्ति , विनुको उपस्थिति रहेको थियो भने अनेम संघ क्रान्तिकारी केन्द्रिय सदस्य सुनिताको अध्यक्षता रहेको कार्यक्रमलाई भावनाले सञ्चालन गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।