१४ बैशाख २०८१, शुक्रबार

नेकपा पूर्वी दाङद्वारा श्रमिक महिलालाई सम्मान

0

घोराही: नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले श्रमिक महिला तुलसा पुन (अम्बिका)लाई सम्मान गरेको छ । पार्टीले आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रमिक महिला पुनलाई सम्मान गरेको हो ।

जनयुद्धका एक कुशल योद्धा समेत रहेकी श्रमिक महिला अम्बिकालाई अविर टीका र खादा ओढाएर पार्टीको गिलास हस्तान्तरण गर्दै सम्मान गरिएको थियो ।

श्रमिक महिला अम्बिकाको व्यसायमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सी, पार्टीको केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सझना, पार्टी पूर्वी दाङ जिल्ला सेक्रेटरी जनक सी, पार्टी पूर्वी दाङ जिल्ला कार्यालय सचिव महान सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका राप्तीब्यूरो संयोजक अशोका सीको संयुक्त टिम पुगेको थियो ।

जनयुद्धका योद्धा समेत रहेकी तुलसा पुन (अम्बिका) १० वर्षे जनयुद्धको शान्ती सम्झौता पश्चात् घर फर्किएर श्रममा जोडिनुपर्ने भन्दै करिब एक दशकदेखि नै घोराही- १४ मा मासु व्यवसाय गर्दै रहेकी छन् । हरेक मानिस श्रम गर्नुपर्छ भन्ने एक गतिलो उदाहरणको रुपमा अम्बिका परिचित रहेकी छन् ।

सल्यान ढाकाडाम जन्मिएकी तुलसा केसी (अम्बिका) अहिले ४२ वर्ष पुगेकी छन् । २०५३ सालमा १० वर्षे जनयुद्धमा आवद्ध हुँदै २०५४ सालमा महिलाको एरिया कमिटी हुँदै महिला एक कुशल महिला नेतृ बनेकी अम्बिकाले जनयुद्धको शान्ति सम्झौता पश्चात् घरमै फर्किएर पार्टी, संगठनको आन्दोलनले सिकाएको अनिवार्य श्रम जोडिनुपर्ने भन्ने कुरालाई आत्मसात गर्दै २०६९ सालदेखि घोराहीमा मासु पसल खेलेर श्रममा जोडिएको बताइन् ।

उनले रोल्पा जङकोट माडिचौरका जगदीश पुनसँग आफ्नो विवाह भएको र हाल घोराही- १४ नयाँ बजारमा श्रीमानकै नामबाट पुन फ्रेस हाउस संचालन गर्दै निरन्तर श्रममा जोडिएको जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।