१३ बैशाख २०८१, बिहीबार

महिलाहरुको अधिकार संघर्षद्वारा मात्र स्थापित गर्न सकिनेछ : नेकपा नेतृ शिलु

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सचिवालय सदस्य सिलु सीले महिला अधिकार मागेर होइन संघर्ष गरेर मात्र स्थापित हुने बताएकी छन् । संयुक्त महिला संघ संघर्ष समितिले आयोजना गरेको ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिलुले घरमा सुतेर कसैले पनि अधिकार नदिने बताएकी हुन् ।

माइतीघरबाट सुरु भएर नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको र्यालीलाई सम्बोधन गर्दै उनले अधिकार मागेर कसैले नदिने, त्यसका लागि संघर्ष गर्न पर्ने बताएकी हुन् । ‘अधिकार मागेर कसैले दिदैन, खोसेर लिनपर्छ, संघर्ष गर्नपर्छ, अन्यायको विरुद्धमा लड्नु पर्छ ।’, उनले भनिन्, ‘अघिकार पाप्त गर्दा ठूलो बलिदान दिन पनि तयार हुन पर्छ । यसलाई ठूलो आन्दोलनको रुपमा विकास गर्न पर्छ ।’

महिलाले महिलाका लागि विद्रोह गरेको दिनलाई अन्तराष्ट्रिय नारी दिवसको मान्यता दिएको भन्दै यो दिनलाई महिला आन्दोलनको रुपमा विकास गर्न पर्ने जिकिर गरिन् । ‘मार्च ८ सुति कारखानामा काम गर्ने महिलाहरुले ‘समान कामको समान ज्याला’ पाउन पर्ने माग गर्दै विद्रोह गरेको दिन हो । अहिले पनि यसैका लागि लड्न परिरहेको छ ।’, गोर्खा जेल ब्रेकर नेतृको परिचय बनाएकी सिलुले भनिन्, ‘सामन्तवादको अवसेस् अहिले पनि जारी रहेकाले महिलाको मुक्ति हुन नसकेको हो । पहिला सामान्तहरुले महिलालाई प्रयोग गरे । थिचोमिचोमा पारे । अहिले दलाल पुँजीवादले महिलालाई साधनका रुपमा प्रयोग गरिरहेको छ ।’

उनले दलाल पुँजीवादले महिलालाई विज्ञापनको साधन बनाएकोमा आपत्ति जनाईन् । ‘महिलालाई साधनको रुपमा प्रयोग गरेको छ । महिलालाई विज्ञापनको साधन बनाएको छ । महिलालाई विज्ञापनको रुपमा प्रयोग गरेर आफ्नो सामान विक्री गर्ने माध्ययम बनाएको छ ।’, उनले भनिन्, ‘हामीले यसको विरुद्ध संघर्ष गर्न पर्छ । यसका विरुद्धमा लड्न पर्छ गर्नपर्छ । हामी सबै एकजुट भएर दलाल पुँजीवादका विरुद्धमा लड्न पर्छ । र नेपालमा वैज्ञानिक समाजवाद ल्याउन पर्छ । वैज्ञानिक समाजवादमा मात्र महिलाको वास्तविक मुक्ति सम्भव छ ।’

कार्यक्रमको अध्यक्ष नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु सीले गरेकी थिइन् भने कार्यक्रममा हजारौं महिलाको सहभागी रहेको थियो । संसारका उत्पीडित तथा मुक्तिकामी महिलाहरु एक होउँ, महिलामाथि हुने सम्पूर्ण विभेद र हिंसाको अन्त्य गरौँ, ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले सफल पारौँ, महिला हिंसा बन्द गर, वैज्ञानिक समाजवाद जिन्दावाद लगायतका नारा लगाउँदै माइतघरबाट र्याली निक्लिएको थियो ।

उक्त कार्यक्रममा खुमा सी, आस्था सीकाे आतिथ्यता रहेको थियो भने कार्यक्रमको सन्चालन वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकि नेतृ धनकुमारी सुनरले गरेकि थिइन । कार्यक्रममा गजल, कविता, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।