१६ चैत्र २०८०, शुक्रबार

कार्यदिशाको विकास गर्न नसकेपछि प्रचण्डले संसदीय बाटो लिएका थिए: अनिल शर्मा

0

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले जनयुद्धको समयमा बदलिएको परिस्थिति अनुसार विचार र कार्यदिशाको बिकास गर्न नसकेपछि प्रचण्डले संसदीय पुजीवादी बाटो लिएको बताएका छन।शनिबार रुपन्देहीको बुटवलमा आयोजित “स्मृतिमा वीरजङ्ग” कृतिको परिचर्चा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता बिरहीले यस्तो टिप्पणी गरेका हुन।

“जनयुद्धको बेला राज्यले बिदेशी सहयोगमा हवाई सेना परिचालन गर्यो, सरकारी सेनाले बाहिर क्रान्तिकारीहरुलाई छोडेर आफ्ना किल्लाहरु मजबुत बनाउने र युद्ध लम्ब्याउने रणनीति बानायो, त्यसलाई कसरी तोड्ने भन्ने चुनौती माओवादी आन्दोलनमा पैदा भयो,यस्तो स्थितिमा विचारलाई , कार्यदिशालाई र संयुक्त मोर्चालाई विकास गर्न नसकेपछि प्रचण्डहरुले आत्मसमर्पणको बाटो लिएका हुन” उनले भने”पुरानो राज्यसत्तालाई नबदलिकन सर्वहारा वर्गको विचार लागु गर्न सकिदैन भन्ने कुरा सन १८७१ को पेरिस कम्युनबाट स्थापित र प्रमाणित सत्य थियो, त्यो कुरा बुझेर पनि बुझ पचाएपछि प्रचण्डको यस्तो स्थित हुन गएको हो।”

नेपाल कम्युनिस्ट पार्टी पुर्वी लुम्बिनी ब्युरोद्वारा आयोजना गरिएको कार्यक्रममा नेता शर्माले देशको राजनीतिक आर्थिक अवस्थावारे बोल्दै उनले -एकातिर दक्षिणपन्थी अवसरवादीहरुको धुर्विकरण र अर्कोतिर क्रान्तिकारीहरुको धुर्विकरणको प्रक्रिया अगाडि बढिरहेको र गणतन्त्र आइसकेपछि सबै प्रयोगहरु भए, सवै पार्टी र नेताहरुले पालैपालो सरकार चलाए तर देश झनझन संकटको दिशामा अगाडि बढ्दै गएको भन्दैअहिलेको संकटलाई क्रान्तिकारी दिशामा बदल्न सकिएन भने देश भयाङ्कर ठुलो प्रतिगमनतिर जाने खतरा रहेको बताए।

नेपालको अहिलेको आर्थिक संकटतर्फ संकेत गर्दै उनले विनोद चौधरीलाई श्रीलंकामा बैंक किन्न हुने तर नेपाल रास्ट्र बैंकलाई आर्थिक संकट हुने यो कसरी भयो?यसको राजनीतिक कारण र समाधानको दिशातिर बिचार गर्न जरुरी रहेको उनको भनाइ थियो।

नेकपाका पोलिटब्युरो सदस्य धुर्व सी, साहित्यकारहरु रामचन्द्र भट्टराई , ऋषिराम भुसाल, घनश्याम भुसालले टिप्पणीसहित मन्तव्य राखेको कार्यक्रममा ब्युरो इन्चार्ज प्रज्वलन सीको अध्यक्षता र रुपन्देही इन्चार्ज शरद सीले कार्यक्रमको सञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।